अपडेट
बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका २ सांसदले लिए फिर्ता
मङ्गलबार, १३ साउन २०८२, ०९ : ३३
सारांश
- बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबाट २ सांसदले नाम फिर्ता लिए।
- सांसद माया श्रेष्ठ र मीना पराजुलीले जानकारी बिना हस्ताक्षर गराएको आरोप लगाए।
- दुवै सांसदले मुख्यमन्त्री लामालाई समर्थन रहेको जनाएका छन्।
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका भनिएका २ जना सांसदले नाम फिर्ता लिएका छन् ।
लामाविरुद्ध गत शुक्रबार अविश्वास प्रस्ताव दर्ता भएको थियो । तर, सांसद माया श्रेष्ठ र मीना पराजुलीले विज्ञप्ति जारी गर्दै जानकारीबिनै हस्ताक्षर गराएको भन्दै नाम फिर्ता लिएको जनाएका हुन् ।
श्रेष्ठ र पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,- ‘बागमती प्रदेश संसदीय दलका नेता मा। बहादुरसिंह लामा (तामाङ) को विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर सङ्कलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा सोमा हामीहरूको असहमति रहेकाले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता लामालाई समर्थन रहेको ब्यहोरा अवगत गराउँदछौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण