झुठो हो निमिषा प्रियालाई जीवनदान दिइएको खबर ?
सारांश
- यमनमा हत्याको आरोप लागेकी भारतीय महिला निमिषा प्रियाको मृत्युदण्ड रद्द भएको छैन।
- यमनको अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो, तर हाललाई स्थगित गरिएको छ।
- भारत सरकारले निमिषालाई बचाउन हरसम्भव प्रयास गरिरहेको छ र परिवारलाई सहयोग गरिरहेको छ।
नयाँ दिल्ली । यमनमा जीवन र मृत्युको लडाइँ लडिरहेकी भारतीय महिला निमिषा प्रियाको मृत्युदण्ड रद्द गरिएको छैन । यस अघि उनको फाँसीको सजाय रद्द गरिएको भन्दै खबरहरू आएका थिए । केरलाकी नर्स निमिषा प्रियालाई यमनको अदालतले हत्याको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको थियो । तर, अन्तिम समयमा केही समयको लागि मृत्युदण्ड स्थगित गरियो ।
‘निमिषाको मृत्युदण्ड पहिले रोकिएको थियो, तर अब रद्द गरिएको छ । सानामा भएको उच्चस्तरीय बैठकपछि यमनले निमिषाको मृत्युदण्ड रद्द गर्ने निर्णय गरेको छ ।’ भारतका ग्रान्ड मुफ्ती कन्थापुरम एपी अबुबकर मुसलियारले दाबी गरेका थिए । जुलाई १७ मा एक मिडिया ब्रीफिंगको क्रममा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यो विषयलाई संवेदनशील बताएका थिए । निमिषालाई बचाउन भारतले हरसम्भव प्रयास गरेको उनको भनाइ थियो ।
‘यो विषय धेरै संवेदनशील छ र सरकारले हरसम्भव प्रयास गरिरहेको छ । हामीले परिवारको लागि एक वकिल नियुक्त गरेका छौं । हामी स्थानीय प्रशासनसँग पनि सम्पर्कमा छौं । हालै भारत सरकारले थप केही समय मागेको थियो । सरकार लगायत धेरै व्यक्तिको प्रयासपछि यमनले निमिषाको फाँसीको मिति बढाएको थियो ।’ रणधीर जयसवालले भनेका थिए ।
विदेश मन्त्रालयले निमिषाको परिवारलाई सहयोग गर्न एक वकिल पनि नियुक्त गरेको थियो । शरिया कानून अनुसार निमिषालाई बचाउन सबै उपाय अपनाइएको थियो । निमिषाको फाँसी केही समयको लागि स्थगित गरिएको छ । फाँसी टरेको पूष्टि मन्त्रालयले गरेको छैन ।
निमिषा प्रियालाई हत्याको आरोप लागेको छ । यमनमा हत्याको लागि मृत्युदण्डको प्रावधान छ । यस्तो अवस्थामा निमिषालाई जुलाई १६ मा फाँसी दिइने भनिएको थियो । तर, जुलाई १५ मै उक्त दिन फाँसी नदिने भनियो । अहिलेसम्म निमिषाको फाँसी रद्द भएको औपचारिक रूपमा पुष्टि भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
-
राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण