ट्रम्पले किन तोडेका थिए एपस्टिनसँग मित्रता ?
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले पहिलो पटक एपस्टाइनसँगको सम्बन्धबारे मुख खोलेका छन् र उनलाई धोका दिएको बताए।
- ट्रम्पले एपस्टाइनलाई फ्लोरिडाको निजी क्लबबाट निकालेको र उनले काममा राखेका कर्मचारीबारे केही खुलाएनन्।
- एपस्टाइनले जेलमा आत्महत्या गरेका थिए र उनीमाथि यौन बेचबिखनको आरोप लागेको थियो।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्ततः एपस्टिनको विषयमा मुख खोलेका छन् । सोमबार पहिलो पटक उनले एपस्टिनसँगको मित्रता तोड्नुको कारण बताएका छन् ।
आफ्ना लागि काम गर्ने केही मानिसहरूलाई एपस्टिनले काममा राखेर आफूलाई धोका दिएको ट्रम्पको भनाइ छ । आफूसँग यस्तो एक पटक भन्दा बढी भएको अनि त्यसपछि आफूले फ्लोरिडाको आफ्नो निजी क्लबबाट एपस्टिनलाई निकालेको पनि उनले बताए ।
एपस्टिनले लगेका आफ्ना कर्मचारीले के काम गर्थे अनि उनीहरू कहाँ काम गर्थे भनेर चाँहि उनले स्पष्ट पारेनन् । ह्वाइट हाउसले पनि यस सम्बन्धमा कुनै जवाफ दिएको छैन ।
ट्रम्पको टिप्पणी ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीवन चेउङले भनेको कुराभन्दा अलि फरक छ । घृणित व्यक्ति भएको कारणले एपस्टिनलाई बर्खास्त गरिएको चेउङले बताएका थिए ।
अधिकारीहरूका अनुसार, एपस्टिनले २०१९ मा जेलमा हुँदा आत्महत्या गरेका थिए । उनीमाथि यौन बेचबिखनको आरोप लागेको थियो । उनी मुद्दाको पर्खाइमा थिए ।
ट्रम्प र उनका केही सहयोगीहरूले पहिले एपस्टिनको मृत्यु पछाडि कुनै षड्यन्त्र हुन सक्ने शंका व्यक्त गरेका थिए । तर अब अमेरिकी न्याय मन्त्रालयले उनले आत्महत्या गरेको भन्दै यससँग सम्बन्धित थप जानकारी सार्वजनिक नगर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण