वृहत एकताको पक्षमा सहयोग गर्ने एनसीसीलाई हाम्रो साथ रहन्छ : अध्यक्ष श्रेष्ठ
काठमाडौं । एकता महाधिवेशनबाट निर्वाचित गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले वृहत एकताको पक्षमा रहेर र वैधानिक रुपमा अधिवेशन गरेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)लाई मान्यता दिने बताएका छन् ।
तर, संघको सचिवालयबाट काम गर्ने बद्री केसी समूहले एनसीसीको निर्वाचन गराए पनि कुनै पनि हालतमा अक्टोबरमा आइसीसीको अधिवेशन हुनै नस्कने उनले दाबी गरे ।
उनले केसी समूहसँग सहकार्य गर्ने र एकताको वातावरण विथोल्ने एनसीसीलाई मान्यता नदिने बताए । ‘केही साथीहरुलाई लागेर मात्रै हुँदैन, देशको कानुन, नियम र सर्वोच्च अदालतको परमादेशलाई पनि मान्नुपर्छ होला,’ उनले मंगलबार सञ्चारकर्मीहरुसँग भने ।
गत मे महिनामा एनआरएनए उच्चस्तरीय समितिले काठमाडौँमा आयोजना गरेको एकता महाधिवेशनद्वारा नयाँ आइसीसी निर्वाचित भैसकेकाले अब अक्टोबरमा गराउने भनेको चुनाव वैधानिक नहुने पनि श्रेष्ठले दाबी गरे । केसी पक्षले कुनै पनि समन्वय नगरी एकतर्फी रुपमा एनसीसीको अधिवेशन गराएर प्रवासमा बस्ने नेपालीहरुलाई फुटाउने काम गरेको पनि उनको भनाई छ ।
अहिले विभिन्न देशमा भइरहेको राष्ट्रिय समन्वय परिषद्हरुको चुनावलाई नजिकबाट नियाली रहेको उनले बताए । उनले निर्वाचन भएका र हुन लागेका एनसीसीहरुले आफू नेतृत्वको कार्यसमितिसँग सहमति गरेर गएमा स्वीकार गरिने पनि प्रष्ट पारे ।
अहिले सम्म झन्डै ४० देशमा एनसीसीहरुको चुनाव सम्पन्न भएकोमा आधि भन्दा बढी वैधानिक आइसीसीसँग निकट रहेको उनले दाबी गरे। सम्पूर्ण विवरण केही दिनमा सार्वजनिक गर्ने पनि श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण