मधेस प्रदेशका पूर्वप्रमुख अहिराजविरूद्ध ९ दिनमै बलात्कार मुद्दा दर्ता
सारांश
- मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
- अहिराजलाई एक युवतीलाई बलात्कार गरेको आरोप लागेको छ, घटना नयाँ बानेश्वरस्थित कोठामा भएको थियो।
- पीडित युवतीको आरोप अनुसार, घटना २०८१ जेठमा घटेको थियो, र अहिराजलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्छ।
काठमाडौँ । बलात्कारको अभियोगमा पक्राउ परेका मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
साउन ४ मा पक्राउ परेका पूर्वप्रदेश प्रमुखसँग अनुसन्धान पूरा भए लगतै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मङ्गलबार मुद्दा दर्ता गरेको जनाएको छ ।
अहिराजले एक युवतीलाई बलात्कार गरेको आरोप छ । पीडित युवतीले आफूलाई ४ जेठ २०८१ मा काठमाडौँको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
उनी विरूद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ मा उल्लेख बलात्कार गर्न नहुने कसुरमा अनुसन्धान गरिएको थियो ।
दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिमको सजाय मागदाबी गरिएको छ । (ङ)अनुसार १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण