इजाजत नलिई सञ्चालन गर्ने कन्सल्टेन्सीलाई वाणिज्य विभागले तिरायो जरिवाना
मङ्गलबार, १३ साउन २०८२, १८ : ३६
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा कन्सल्टेन्सीलाई १ लाख ६१ हजार रुपैयाँ जरिवाना गरेको छ ।
मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा इजाजत नलिई सञ्चालन गरेको पाइएपछि विभागले उक्त कारबाही गरेको हो ।
विभागले जारी गरेको विज्ञप्तिअनुसार, काठमाडौँ महानगरपालिका–४ मा रहेको स्टडी हब ग्लोबल प्रालिलाई ६० हजार रुपैयाँ, मध्यपुर ठिमी ४ को हिमालयन एजुकेशनल ग्रुप सर्भिसलाई ५१ हजार रुपैयाँ र काठमाडौँ –१४ मा रहेको प्रिज्म इन्टरनेसनल ल्याङ्वेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
यस्तै तीन वटा कन्सलटेन्सीलाई कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
यस्तै अन्य ९ वटालाई सामान्य निर्देशन दिइएको छ ।


Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण