मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही
बुधबार, १४ साउन २०८२, ०९ : ४८
सारांश
- लहानमा मापदण्डविपरीत सञ्चालन भएका पानी प्रशोधन उद्योगलाई कारबाही गरिएको छ।
- अनुगमनका क्रममा चारवटा उद्योगलाई जनही पाँच हजार जरिवाना गरिएको छ।
- कारबाहीमा पर्ने उद्योगहरूमा सीता मिनिरल वाटर इन्डष्ट्री लगायत छन्।
सिरहा । लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा परेका छन् । इलाका प्रशासन कार्यालयको नेतृत्वमा मङ्गलबार भएको संयुक्त अनुगमनमा चारवटा उद्योगलाई रु पाँच हजारका दरले जरिवाना गरिएको हो ।
लहान–१ स्थित ‘सीता मिनीरल वाटर इन्डष्ट्री’ तथा ‘फ्रेण्डस इन्टरनेसनल नेपाल’, लहान–३ को ‘केबी एण्ड सन्स नेपाल’ र धनगढीमाई–१० को ‘केएल मिनीरल वाटर’लाई कारबाही गरिएको इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष रायले जानकारी दिए ।
संयुक्त अनुगमन टोलीमा लहान नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामिन यामाल भन्छन्: ‘अहिले नै पूरा ९० मिनेट खेल्न हतार हुन्छ’
-
सीटीइभीटीको उपाध्यक्षका लागि २५ जनाकाे उम्मेदवारी
-
एलिनाको जन्मदिनमा प्रतापको सन्देश :‘तिमी मैले भेटेको सबैभन्दा अद्भुत व्यक्ति हौ’
-
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
-
जब म चुँडिएँ...
-
भारी वर्षा र पहिरोको जोखिम : इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण