बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एकीकृत समाजवादी निकट युवासंघको ‘समानान्तर’ भेला

बुधबार, १४ साउन २०८२, १० : ०४
बुधबार, १४ साउन २०८२

सारांश

  • एकीकृत समाजवादी निकट युवा संघ नेपालको झलनाथ खनाल र घनश्याम भुसाल समूहले काठमाडौंमा भेला गर्दैछ।
  • युवा संघमा अध्यक्ष माधव नेपाल निकट र राई समूहबीच लामो समयदेखि विवाद रहेको छ।
  • पार्टीमा युवा संघ र अखिललाई लिएर विवाद बढ्दै गएको छ, जसले समानान्तर कमिटी गठन गर्दै अघि बढ्ने रणनीति लिएको छ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको झलनाथ खनाल र महासचिव घनश्याम भुसाल समूहले बुधबार काठमाडौंमा बुधबार भेला गर्दैछ । काठमाडौँ उपत्यका स्तरीय भेलाको संयोजन युवा संघका सहसंयोजक संजीप राईले गर्दैछन् । 

पार्टी अध्यक्ष माधवकुमार नेपाल निकटको युवा संघका संयोजक रोशन थापा समूह र राई समूहका बिचमा संघभित्र लामो समयदेखी विवाद रहदै आएको छ । थापा समूहले भने उक्त भेलाबारे आफूहरूलाई केही जानकारी नभएको जनाएको छ । 

पार्टी अध्यक्ष नेपालले संघ भित्रको समस्या समाधान गर्न चासो नदिएको भन्दै खनाल र भुषाल निकटका युवाले छुटै भेला गर्नुपरेको जनाएका छन् । 

पार्टीमा युवा संघ र विद्यार्थी संगठन अखिललाई लिएर विवाद बढ्दै गएको छ । अखिलमा पनि नरेश न्यौपानेको नेतृत्वमा समान्तर कमिटी छ । प्रदेश र जिल्ला–जिल्लामा समेत युवा संघको समानान्तर कमिटी गठन गर्दै अगाडी बढ्ने रणनीतिमा राई समूह रहेको छ । राई समूहले गर्न लागेको काठमाडौँ उपत्यका स्तरीय भेलामा प्रमुख अतिथिका रूपमा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई बोलाएको सो समूहले जनाएको छ । बुधबार अनामनगरको तमु बौद्ध भवनमा भेला राखिएको सहसंयोजक राईले बताए ।

yuba sang

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप