बिहीबार यी नदीमा आकस्मिक बाढीको जोखिम
सारांश
- देशभर मनसुनी वायुको प्रभाव रहेको छ र न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
- लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा बदली तथा तराईमा आंशिक बदली रहेको छ।
- दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
यसले गर्दा हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।
बिहीबार दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।
त्यसैगरी ओखलढुङ्गा रामेछाप, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, जाजरकोट, दैलेख, सुर्खेत, अछाम,
लमजुङ, रुकुम पश्चिम, जुम्ला, दार्चुला, बैतडी, डडेलधुरा र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण