धनुषामा खुकुरी प्रहार गरी अञ्जली यादवको हत्या गर्ने आरोपित रामबाबु साह पक्राउ
सारांश
- धनुषामा १४ वर्षीया अञ्जली यादवको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्।
- प्रहरीले आरोपी रामबाबु साहलाई धनुषाको महेन्द्रनगरबाट पक्राउ गरेको हो।
- साहले अञ्जली यादवलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
जनकपुरधाम । धनुषामा खुकुरी प्रहार गरी १४ वर्षीया अञ्जली यादवको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार बिहीबार राति आरोपी रामबाबु साहलाई धनुषा जिल्लाको महेन्द्रनगरस्थित इच्छापुर टोलबाट पक्राउ गरिएको हो।
प्रहरीको विशेष टोलीले एक घरमा लुकेर बसिरहेको सूचनाका आधारमा छापा मारेर साहलाई नियन्त्रणमा लिएको थियो। हाल उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी विस्तृत सोधपुछ भइरहेको प्रहरी स्रोतले जनाएको छ।
गत मंगलबार जनकपुरधाम उपमहानगरपालिकास्थित सञ्चय कोष नजिक बस्ने आशा यादवसँगको विवादका क्रममा साहले खुकुरी प्रहार गरेका थिए। सो घटनामा आशाकी छोरी अञ्जली यादवको घटनास्थलमै मृत्यु भएको थियो।
उक्त हमलामा अञ्जलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते भएका थिए।
प्रहरी अनुसन्धानमा साह यसअघि पनि आफ्नै श्रीमतीको हत्या आरोपमा जेल बसेर छुटेका व्यक्ति भएको खुल्न आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण