नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा ध्रुव भट्टराई नियुक्त
बिहीबार, १५ साउन २०८२, १४ : २८
सारांश
- सरकारले ध्रुव भट्टराईलाई नेपाल इन्जिनियरिङ परिषद्को रजिस्टार नियुक्त गरेको छ।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ २७ गते रजिस्ट्रारका लागि दरखास्त आह्वान गरेको थियो।
- मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो, जसमा ६ जना संक्षिप्त सूचीमा थिए।
काठमाडौँ । सरकारले नेपाल इन्जिनियरिङ परिषद्को रजिस्टार पदमा ध्रुव भट्टराईलाई नियुक्त गरेको छ । साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ २७ गते रजिस्ट्रार नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । दरखास्तमध्ये स्वीकृत कार्यविधिअनुसार मूल्याङ्कन गरी ६ जना आवेदकको नाम संक्षिप्त सूचीमा राखेको थियो।
संक्षिप्त सूचीमा पर्नेमा कामेश्वर यादव, कुल भूषण शर्मा, ज्योत्सना श्रेष्ठ, ध्रुवराज भट्टराई, रमेश ज्ञवाली र शिव मङ्गल गिरी रहेका थिए । यसमध्येबाट ध्रुवराज भट्टराईलाई नियुक्त गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण