जिल्ला र स्थानीय तहहरूको अधिवेशन गराउन राप्रपाले तोक्यो केन्द्रीय पर्यवेक्षक, कहाँ को ? (सूचीसहित)
सारांश
- राप्रपाले स्थानीय तहको अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षक तोकेको छ।
- पार्टी प्रवक्ताका अनुसार, पर्यवेक्षकहरूले अधिवेशनलाई व्यवस्थित बनाउन भूमिका खेल्नेछन्।
- राप्रपाले असोजभित्र स्थानीय तह र मंसिरमा महाधिवेशन गर्ने जनाएको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला स्थानीय तहहरूको अधिवेशन गराउन नेताहरूलाई केन्द्रीय पर्यवेक्षक तोकेको छ ।
पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा पार्टीको जिल्ला स्थानीय तहहरूको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढङ्गबाट निर्धारित समयभित्रै सम्पन्न गर्नका लागि जिल्लाहरूमा केन्द्रीय पर्यवेक्षक तोकेको उल्लेख छ । पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार पर्यवेक्षक तोकिएको उनको भनाइ छ ।
यसरी तोकिएका पर्यवेक्षकहरूलाई जिल्ला कार्य समिति, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश पदाधिकारीहरूसँग सम्पर्क र समन्वय गरी जिल्ला अधिवेशनको वातावरण बनाउन, अनुगमन र सहयोग गर्न, भ्रष्टाचार विरुद्धको कार्यक्रम गर्न, गराउन, आगामी आन्दोलनको तयारी गर्न, पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्न, गराउन आवश्यक सहजीकरण र समन्वय गर्न जिम्मेवारी प्रदान गरिएको उनले बताए।
पर्यवेक्षकहरूले अविलम्ब आफ्नो कार्य प्रारम्भ गर्नुपर्ने र नियमित प्रतिवेदन पेस गर्नुपर्ने श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राप्रपाले जिल्ला र स्थानीय तहको अधिवेशन असोजभित्र सम्पन्न गर्ने योजना बनाएको छ । नियमित गर्दा राप्रपाले मंसिरमा महाधिवेशन गर्नुपर्नेछ ।
केन्द्रीय पर्यवेक्षकको सूची


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण