सहकारी ठगी प्रकरण
६ करोड अपचलनको आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ
बिहीबार, १५ साउन २०८२, १६ : ३६
सारांश
- रुपन्देहीको सहकारीका अध्यक्ष अशोक केसीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।
- उनीमाथि बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार हिनामिना गरेको आरोप लागेको छ।
- केसी २०८१ वैशाखदेखि फरार थिए र उनी दोलखाका बासिन्दा हुन्।
काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगरस्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक केसीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीसँगको समन्वयमा केसीलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ स्थित गठ्ठाघरबाट पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप क्षेत्रीले रातोपाटीलाई बताए ।
सहकारीका अध्यक्ष ३४ वर्षीय केसी दोलखाको मेलुङ गाउँपालिका–६ का स्थानीय हुन् । उनी २०८१ वैशाख देखी फरार थिए । उनीमाथि बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार हिनामिना गरेको आरोप छ । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण