ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा
सारांश
- ताप्लेजुङको फुङ्लिङमा नयाँ बसपार्क सञ्चालनमा आएको छ, जसको निर्माण १० करोड रुपैयाँमा भएको हो।
- बसपार्कको उद्घाटन गर्दै नगर प्रमुख अमिर मादेनले चालकहरूलाई खाद्य सामग्रीसहित स्वागत गरे।
- सवारी नियम पालना गर्ने उत्कृष्ट चालकलाई पुरस्कार दिने नगरपालिकाको निर्णय छ।
फुङ्लिङ । ताप्लेजुङमा नयाँ बसपार्क सञ्चालनमा आएको छ । जिल्लाको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ मा करिब रु १० करोडको लागतमा निर्माण गरिएको उक्त बसपार्क बिहीबारदेखि औपचारिक रूपमा सेवा सुरू भएको हो ।
फुङ्लिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले बसपार्क सञ्चालनमा आएको घोषणा गरे । त्यस अवसरमा बसपार्कमा प्रवेश गरेका सवारीचालकलाई खाद्य सामग्रीसहित स्वागत गरिएको थियो ।
नगर प्रमुख मादेनका अनुसार बसपार्कमा आवश्यक पर्ने संरचना र पूर्वाधार निर्माणको काम अधिकांश पूरा भइसकेको छ । बसपार्क क्षेत्रमा सुरक्षा चेकपोष्ट स्थापना तथा अन्य व्यवस्थापनका कार्य अघि बढिसकेको नगरप्रमुख मादेनले बताए ।
नगरपालिकाले सवारी नियम पालना गर्ने उत्कृष्ट चालकलाई रु १० हजार, दोस्रो स्थान हासिल गर्ने चालकलाई रु सात हजार, तेस्रो हुनेलाई रु पाँच हजार तथा सान्त्वना पुरस्कार स्वरूप रु तीन हजार दिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण