‘चिट्ठी’को गीत ‘सिन्दूरको रंग’ सार्वजनिक
सारांश
- भदौ २० गते रिलिज हुने फिल्म 'चिट्ठी' को दोस्रो गीत 'सिन्दूरको रंग' सार्वजनिक गरियो।
- सार्वजनिक गीतमा कमला जोशीको शब्द, सरोज कोइरालाको संगीत र बेनिशा पौडेलको स्वर रहेको छ।
- माधव राज खरेलको निर्देशन रहेको फिल्म हरर र कमेडी जनरामा निर्माण भएको छ, जसमा सामाजिक यथार्थता प्रस्तुत गरिएको छ।
काठमाडौँ । भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘चिट्ठी’को दोस्रो गीत ‘सिन्दूरको रंग’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गीतमा कमला जोशीको शब्द, सरोज कोइरालाको संगीत र बेनिशा पौडेलको स्वर छ ।
गीतमा कलाकार संजीत भण्डारी, कञ्चन चालिसे अभिनय रहेको गीतको भिडियोमा गायिका पौडेल पनि देखिएकी छन् ।
एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म माधव राज खरेलले निर्देशन गरेका हुन् । कुवेर डिस्टिब्युटर्स प्रा.लि.ले वितरण गर्ने फिल्म हरर र कमेडी जनरामा निर्माण भएको हो ।
निर्देशक खरेलले फिल्ममा युट्युब पत्रकार, भूमाफिया, मानसिक रोगी र अदृश्आत्माबिचको अन्तरद्वन्द्व रहेको बताए । सामाजिक यथार्थता, निकायगत विकृति, मानवीय प्रवृत्ति र पारिवारिक भावना समेटिएको फिल्मले समसामयिक सन्देशसहित दर्शकमाझ फरक स्वाद ल्याउने उनको धारणा थियो ।
फिल्ममा खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारको अभिनय छ ।
फिल्मकी निर्माता सञ्चारकर्मी कमला जोशी हुन् । जीवन पराजुली र राजन खरेलको छायांकन रहेको फिल्ममा राजेश कुमारको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण