देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
- गण्डकी र लुम्बिनी प्रदेश लगायतका पहाडी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
- कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२१ हजार घुससहित लेखा अधिकृत भट्टराई अख्तियारकाे फन्दामा
-
ट्रम्पको ५० प्रतिशत नयाँ भन्सार कर लागू भए जवाफ दिन क्यानडा तयार
-
रियलमीको स्मार्ट वेयरेबल पोर्टफोलियो नेपालमा सार्वजनिक
-
अमेरिकी आणविक वैज्ञानिक र रक्षा कम्पनीका इमेल रुसी ह्याकरहरूको निशानामा
-
फ्रान्समा भीषण डढेलो, पर्यटकीय सहरबाट २० हजारभन्दा बढी मानिसको उद्धार
-
पूर्वपत्नीलाई ६४ करोड डलर तिर्न एसके समूहका अध्यक्षलाई अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण