उद्योगले फ्याकेको प्रदूषित पानीमा डुबेर बालकको मृत्यु
सारांश
- बाराको जितपुरसिमरा उपमहानगरपालिकामा उद्योगको प्रदूषित पानीमा डुबेर १३ वर्षीय बालकको मृत्यु भएको छ।
- बालकको मृत्युपछि स्थानीयले उद्योगको गेट अगाडि शव राखेर प्रदर्शन गरेका थिए, र क्षतिपूर्तिको माग गरेका थिए।
- उद्योगले क्षतिपूर्ति दिएपछि स्थानीय र उद्योग प्रशासनबीच छलफल भएको थियो, र उपमहानगरपालिकाले उद्योगको प्रदूषित पानी फाल्ने स्थानमा डोजर चलाएको छ।
बारा । जितपुरसिमरा उपमहानगरपालिका–३ स्थित गणपति र नन्दन घिउ उद्योगले फ्याकेको प्रदूषित पानीमा डुबेर बालकको मृत्यु भएको छ ।
उद्योगको प्रदूषित पानीमा डुबेर जीतपुर सिमरा ५ का १३ वर्षीय बालक सन्दीप मुखियाको मृत्यु भएको हो । बालकको मृत्युपछि मृतकका आमा अञ्जु मुखियासहितका स्थानीयले आज गणपति र नन्दन घिउ उद्योगको मुलगेट अगाडि बालकको शव तेर्साएर प्रदर्शन गरेका छन् ।
मृतकका आमा अञ्जु मुखियाले उद्योगबाट निस्केको प्रदूषित पानी जमेको कुलोमा डुबेर छोराको मृत्यु भएको बताइन् ।
गणपति घ्यू, नन्दन घ्यू, अशोक स्टिलले उद्योगबाट निस्कने प्रदूषित रसायनयुक्त पानी सिधै सिर्सिया नदीमा मिसाउँदै आएका छन् ।
‘ती उद्योगबाट निस्कने पानी दूषित नभएको भए मेरो छोराको ज्यान जाने थिएन,’ मृतक सन्दीपका आमा अञ्जुले भनिन्, ‘उद्योगबाट निस्केको दूषित पानीले छोराको ज्यान लियो।’
दुर्गन्धित र प्रदूषित पानीमा बालकको शव भेटिएपछि शव परीक्षणका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको थियो ।
मृतकका आफन्त र स्थानीयले क्षतिपूर्तिसहित उद्योगलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रेपछि गणपति घ्यू उद्योग र नन्दन घ्यू उद्योगले ३/३ लाख रुपैयाँ क्षतिपूर्ति दिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जनाएका छन् ।
जोशीले पीडित पक्ष, जनप्रतिनिधि र उद्योग प्रशासनबिच छलफलपछि उक्त क्षतिपूर्ति रकम दिइएको बताएका छन् ।
घटनापछि जितपुरसिमरा उपमहानगरपालिकाले शनिबार उद्योगले प्रदूषित पानी छाड्ने स्थानमा डोजर लगाएको छ ।
सार्वजनिक जग्गामा पानी छोड्न प्रयोग गरिएको ह्युमपाइप हटाउँदै उपमहानगरपालिकाले खाल्डो पुरेको हो । उपमहानगरपालिकाले यसअघि पनि उद्योगको पर्खाल भत्काएर ह्युमपाइप हटाएको थियो । तर उद्योगले पुनः ह्युमपाइपको प्रयोग गर्दै उद्योगको प्रदूषित पानी प्रशोधन नगरी सिधै छाड्ने गरेको छ ।
उद्योग प्रशासनले पालिका र स्थानीय प्रशासनको निर्देशन अटेर गर्दै आएको स्थानीयहरूले गुनासो गरेका छन् ।
उद्योगका कारण बस्तीका नागरिक प्रभावित हुनुका साथै प्रदूषित पानीले वातावरणमा पनि असर परिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण