तारापति भट्टराईको आदर्श आजको राजनीतिमा अपरिहार्य : पूर्व राष्ट्रपति यादव
सारांश
- पूर्व राष्ट्रपति डा. रामवरण यादवले स्व. तारापति भट्टराईको राजनीतिक आदर्श आजको पुस्ताका लागि अनुकरणीय रहेको बताए।
- भट्टराईको स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा स्वास्थ्यमन्त्री र पूर्वमन्त्रीहरूले भट्टराईको योगदानको स्मरण गरे।
- तारापति भट्टराई नेपाली कांग्रेसका सादगी नेता थिए र उनले प्रजातन्त्र र विकासका लागि काम गरे।
पोखरा । पूर्व राष्ट्रपति डा. रामवरण यादवले तनहुँका अग्रज नेता स्व. तारापति भट्टराईको ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ भन्ने राजनीतिक आदर्श आजको पुस्ताका लागि अनुकरणीय र अपरिहार्य रहेको बताएका छन् । शनिबार काठमाडौँमा तारापति स्मृति प्रतिष्ठानले आयोजना गरेको भट्टराईको स्मृति ग्रन्थ लोकार्पण गर्दै उनले निष्ठावान् अग्रजको योगदानलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
'अहिले राम्रा काम र उपलब्धिका कुरा हुँदैनन्, खाली नराम्रा कुरा मात्र गरिन्छन्,' उनले भने, 'यस्तो अवस्थामा भट्टराईजस्ता नेताले देखाएको निष्ठा र त्यागको बाटो नयाँ पुस्ताका लागि प्रेरणा बन्न सक्छ ।'
कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, पूर्वमन्त्रीहरू अर्जुननरसिंह केसी, शंकर भण्डारी, संविधानसभा सदस्य रामचन्द्र पोखरेल लगायतले भट्टराईलाई प्रजातान्त्रिक आन्दोलनका कुशल पथप्रदर्शक र तनहुँको आधुनिक विकासको योजनाकारका रूपमा स्मरण गरे ।
उनीहरूले राजनीतिमा निष्ठा प्रवर्धन गर्न भट्टराईजस्ता व्यक्तित्वको योगदानलाई स्थानीय तहबाटै अभिलेखीकरण गरिनुपर्ने सुझाव सुझाव दिए ।
को हुन् तारापति ?
वि.सं. १९८९ मा जन्मिएका भट्टराई नेपाली कांग्रेसका सादगी नेता थिए । पञ्चायत कालमै प्रधानपञ्च र जिल्ला पञ्चायत सभापति निर्वाचित भएर उनले प्रजातन्त्र र नागरिक स्वतन्त्रताको पक्षमा काम गरे ।
तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सार्न, दमौलीमा योजनाबद्ध बस्ती विकास गर्न र शैक्षिक सुधारमा उनको नेतृत्वदायी भूमिका थियो । २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलको पक्षमा खुलेर लागेका भट्टराईको २०६१ सालमा निधन भएको थियो ।
उक्त स्मृति ग्रन्थमा भट्टराईसँग सम्बन्धित ४० जना समकालीन व्यक्तित्वहरूका लेख समावेश गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण