ह्यामिल्टनले भने, ‘म बेकार रहेछु’
आइतबार, १८ साउन २०८२, १० : ०७
सारांश
- लुइस ह्यामिल्टन हंगेरियन ग्रान्ड प्रीको लागि १२औँ स्थानमा छनोट भएपछि आफूलाई बेकार भने।
- चार्ल्स लेक्लर्कले फरारीका लागि पोल पोजिसन हासिल गरे।
- ह्यामिल्टनले आफ्नो गतिको कमी कारसँग सम्बन्धित नभएको बताए।
हंगेरी । हंगेरियन ग्रान्ड प्रीको लागि १२औँ स्थानमा छनोट गरेपछि लुइस ह्यामिल्टनले आफूलाई ‘बेकार’ भनेका छन् । उनका फरारी टिमका साथी चार्ल्स लेक्लर्कले भने पोल पोजिसन हासिल गरे।
सप्ताहान्तभर लेक्लर्कको तुलनामा गति कायम गर्न संघर्ष गरेपछि ह्यामिल्टन दोस्रो क्वालिफाइङ सत्रबाट अगाडि बढ्न सकेनन्। लेक्लर्कले यस वर्ष फरारीका लागि पहिलो ग्रान्ड प्री पोल पोजिसन हासिल गरे ।
निराश ह्यामिल्टनले भने, ‘मैले भयानक ड्राइभ गरेँ। जे छ, त्यही हो। म बेकार रहेछु ।’ उनको गतिको कमी ‘कारसँग सम्बन्धित नभएको’ सपष्ट पारे।
हंगेरीमा, क्वालिफाइङको दोस्रो भागमा ह्यामिल्टन लेक्लर्कभन्दा ०.२४७ सेकेन्ड ढिलो थिए । यस वर्ष उनीहरूको क्वालिफाइङ हेड-टु-हेडमा ह्यामिल्टन लेक्लर्कभन्दा १२-५ ले पछाडि छन्, जसमा औसत गतिको भिन्नता ०.१४६ सेकेन्ड छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण