फष्ट लुक्समा यस्तो देखियो फिल्म ‘बुकी’
सारांश
- फिल्म 'बुकी' को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ, जसमा भलिबल खेलिरहेका एक पुरुष र सात महिला छन्।
- मोहन केसी निर्देशित फिल्म हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्सको प्रस्तुतिमा निर्माण भएको हो, जसले खेलकुद र प्रकृतिको सम्बन्ध देखाउँछ।
- फिल्ममा सुरक्षा पन्त, देवेन्द्र बब्लु लगायतका कलाकारको अभिनय रहेको छ, र यसको छायांकन काठमाडौं, पोखरा, र ढोरपाटनमा गरिएको छ।
काठमाडौँ । फिल्म ‘बुकी’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ । लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ । चौरमा एक पुरुषसहित सात महिला छन् । जो भलिबल खेलिरहेका छन् । भलिबलको नेट र कोर्टसमेत रहेकाले सायद उनीहरू महिला टुर्नामेन्टका लागि तयारी गरिरहेका छन् कि भने अनुमान गर्न सकिन्छ । निर्माण पक्षले यस विषयमा केही बताएको छैन ।
मोहन केसी निर्देशित फिल्म हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्सको प्रस्तुतिमा निर्माण भएको हो । बुकी फूल हिमाली क्षेत्रका पाटनमा वर्षाको समयमा फुल्ने गर्छन् । स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो । फिल्मले खेलकुद तथा प्रकृति बिचको सम्बन्धको कथा बताइन्छ ।
फिल्मको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी हुन् । लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, रमेश थापा लगायत निर्माता रहेको फिल्ममा सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिम्सिना, गानु जोशी, अनु दाहाल, सन्दीप बाबु लोहनी, निशा बजगाईँ लगायतको अभिनय छ ।
विकास गन्धर्व डीओपी रहेको फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन छ । ‘बुकी’को छायाङ्कन काठमाडौँ, पोखरा, बागलुङको ढोरपाटन लगायतका क्षेत्रमा गरिएको हो । फिल्मको प्रदर्शन मिति तय हुन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण