यतिखेर नेपालका प्रमुख कम्युनिस्ट पार्टीभित्र गहिरो वैचारिक तथा संगठनात्मक संकट र त्यसबाट उत्पन्न दुई लाइन संघर्ष स्पष्ट रूपमा देखिएको छ । यो केवल सामान्य मतभेद मात्र नभएर पार्टीहरूको भविष्य र समग्र कम्युनिस्ट आन्दोलनको दिशानिर्देशसँग जोडिएको छ ।
नेकपा एमालेभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीबिच शक्ति संघर्षको टकराव सतहमा आएको छ । त्यसैगरी, दश बर्से जनयुद्धको नेतृत्व गरेर शान्ति प्रक्रियामार्फत मूलधारको राजनीतिमा आएको नेकपा माओवादी केन्द्रभित्र पनि अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ’प्रभाकर’ बिचको अन्तरविरोध उत्कर्षमा छ । यो विवाद कार्यशैलीगत मात्र हो वा वैचारिक विचलनको परिणाम हो भन्नेमा बहस जारी छ ।
अर्कोतिर, नेकपा एकीकृत समाजवादीभित्र पनि अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि पार्टी एक प्रकारको रक्षात्मक र सकसपूर्ण अवस्थामा पुगेको छ । यी सबै घटनाक्रमले के संकेत गर्छ भने नेपालका कम्युनिस्ट पार्टीहरू जटिल मोडमा उभिएका छन् ।
मूलतः यही कम्युनिस्ट पार्टीहरूभित्र देखिएको दुई लाइन संघर्ष, त्यसका कारण र भविष्यको सम्भावित परिदृश्यमा नेकपा माओवादी केन्द्रका नेता ओमप्रकाश पुनसँग रातोपाटीका लागि रोहित दाहालले लामो कुराकानी गरेका छन् । (पूरा अन्तर्वार्ता भिडियोमा)
नेता–नेताका झुण्डहरू हुन्छन्, जसलाई हामी गुट भन्छौँ । ती नेताका झुण्डको पछाडि हिँड्ने, उहाँहरूले जे भन्यो त्यही मान्ने मान्छेहरूलाई बाहिरबाट हेर्दा म विद्रोही देखिएको हुनसक्छु । तर मेरो निष्ठा व्यक्तिप्रति होइन, विचार र सिद्धान्तप्रति हो । म कुनै पनि गुट–सुटभन्दा पनि संस्थापन वा अरू मूल नेतृत्वभन्दा पार्टीको सिद्धान्त, निष्ठा र आदर्शको पक्षमा म बोल्ने मान्छे हो ।
हामी दिनदिनै स्खलित हुँदै किन गइराख्या छौँ ? टुटफुट र विभाजनतिर किन गइराख्या छौँ ? त्यसको पनि समीक्षा गर्नुपर्छ । त्योभन्दा नेतृत्वलाई खुइल्याएको वा स्टन्टबाज गरेको वा नेतृत्वभन्दा फरक देखिन खोजेको भन्ने कुरा हुँदैन ।
मूल नेतृत्वलाई जयजयकार गर्ने, देवत्वकरण गर्ने, मूल नेतृत्वले गलत गर्दाखेरि पनि राम्रै भन्ने, सही गर्दाखेरि पनि राम्रै भन्ने एउटा प्रवृत्ति हुन्छ । माओवादी आन्दोलनभित्र पनि गाइडिङ थट अफ द पार्टी हुँदै प्रचण्डपथ हुँदासम्म ठीक भन्ने पनि त्यही पार्टीभित्रको प्रवृत्ति थियो । अब त्यसलाई बेठीक भन्ने हामी पनि त्यहीँभित्र थियौँ । पछि गएर मूल नेतृत्वले त्यसलाई कसैसँग सल्लाह नगरेर त्यो प्रचण्डपथ हटायो । त्यो ठीक भन्ने पनि त्यहीँभित्र छन् । नेतृत्व र सिद्धान्तलाई धर्मशास्त्रको रूपमा बुझ्ने एउटा प्रवृत्ति हुन्छ । शिवचाहिँ नाङ्गै हिँडे पनि, खरानी घस्दै हिँडे पनि ठीक, शिवलीला नै हुनुपर्ने । शिवले कपडा लगाएर हिँडे पनि ठीक ।
जनयुद्धदेखि हामीले संविधानसभा र संविधान निर्माण गर्दा चरणसम्म आउँदाखेरि एक ढंगले हामीले हेर्नुपर्यो । संविधानसभा पछाडि यहाँसम्म आउँदाखेरिको पिरियडलाई अर्को ढंगले हेर्नुपर्यो । हामी दिनदिनै स्खलित हुँदै किन गइराख्या छौँ ? टुटफुट र विभाजनतिर किन गइराख्या छौँ ? त्यसको पनि समीक्षा गर्नुपर्छ । त्योभन्दा नेतृत्वलाई खुइल्याएको वा स्टन्टबाज गरेको वा नेतृत्वभन्दा फरक देखिन खोजेको भन्ने कुरा हुँदैन ।
हाम्रो पार्टीभित्र प्रभाकरजीले फरक मत राखिराख्नुभएको छ । हाम्रो अध्यक्षले नै आन्दोलन डेभिएसनतिर गयो । हामी पनि बिग्रियौँ । आन्दोलन पनि बिग्रियो । माओवादी आन्दोलनलाई पुनर्संगठित, पुनर्गठित गरेर जानुपर्छ भनेर भन्नुभएको छ ।
यसको मतलब कम्युनिस्ट आन्दोलनभित्र एउटा नयाँ कार्यदिशा, नयाँ विचार र नयाँ नेतृत्वको आवश्यकता खड्कियो भन्ने त प्रस्ट रूपमा देखियो ।

आज एउटा कुरा बोल्यो, भोलि अर्को कुरा बोल्यो । कहीँ मुस्लिमको टोपी लगाएको छ, कहीँ गएर रातो बर्को ओढ्या छ । नेतृत्व बहुरूपी हुन हुँदैन नि । नेतृत्व जे हो, त्यो हुनुपर्यो ।
चलायमान भनेको त गतिशील हुने भनेको हो नि । अगाडितिर जाने भनेको हो नि त । पछाडि घुम्ने भनेको होइन नि । अहिले हाम्रा माओवादीका कार्यकर्ताहरू मन्दिरमा जाने, पूजा गरेको चाहिँ फोटो हाल्ने । कहाँ गयो त्यहाँ सिद्धान्त, आदर्श ? कम्युनिस्टहरू बौलायो भने मन्दिर पस्छन् भन्ने गरिन्थ्यो ।
यही मिस्टेक छ । प्रचण्ड माओवादी कम्पनीको मालिक अनि त्यो पार्टीचाहिँ कम्पनी हो त ?
विचारकै तहको गहिरो अन्तरविरोध त्यस्तो त होइन । तर यो कार्यशैलीगत हिसाबले र पार्टीभित्रको समग्र प्रणाली भत्किएको लक्षण हो । पार्टीभित्र चाहिँ विचारको बहस चलोस्, यसलाई महाधिवेशनतिर जाने ढोका पार्टीले खोलोस् भन्ने हो । हामीले विधान अधिवेशन गर्र्यौँ । अहिले विधान कहाँ छ ? हाम्रा साढे चार सय केन्द्रीय सदस्य पुगिसके । तीन सय जति वैकल्पिक सदस्य पुगिसके । संगठन एकदम भद्रगोल हुँदै गइराख्या छ । पार्टीभित्र अनुशासन छैन, पद्धति छैन । विद्यार्थीको हानाहान, मारामार । यो त नेतृत्वको रिफ्लेक्सन हो नि त ।
हो, यही मिस्टेक छ । प्रचण्ड माओवादी कम्पनीको मालिक अनि त्यो पार्टीचाहिँ कम्पनी हो त ?
यो त कम्युनिस्ट पार्टी हो नि । यो त सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको सिद्धान्तमा चल्ने पार्टी हो ।
हामीले २१औं शताब्दीको जनवाद भनेर भन्यौँ । ढाडमा टेकेर टाउकोमा हान्ने, संविधानसभामार्फत गणतन्त्र स्थापना गर्ने, त्यसपछि समाजवादमा बढ्ने जो हामीले भनेका छौँ । अबको नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ त त्यसको चाहिँ बहस यहाँ टुंगिएको छैन । अहिलेको कुरा कमरेड प्रचण्डकै नेतृत्वमा यो बहस प्रारम्भ होस् भन्ने हो । त्यो भएन भने बहस नयाँ ढंगले अगाडि बढ्छ । त्यो मैले चाहेर वा तपाईंले नचाहेर भन्ने हुँदैन । हाम्रो चाहना त कमरेड प्रचण्डले नै त्यो सबै ढोका खोल्दिनुपर्छ । हाम्रै नेतृत्वमा त्यो बहस अगाडि बढ्नुपर्छ भन्ने हाम्रो सदाशयता हो ।
प्रभाकरजीले अहिले केही बुँदाहरू राख्नुभएको छ । पार्टीको पुँजीको रूपमा बस्या छ ।
दिन सक्छ ।
हामी तयारी, हाम्रो तयारीभन्दा पनि त्यहाँ विचारको बहस हुन्छ, कार्यदिशाको बहस हुन्छ । प्रचण्डभन्दा फरक विचारचाहिँ नआउने, कार्यदिशा पनि नआउने, अनि नेता म हुन्छु भनेर त हुँदैन नि त ।
प्रभाकरजीले अहिले केही बुँदाहरू राख्नुभएको छ । पार्टीको पुँजीको रूपमा बस्या छ । त्यो भोलि एउटा नयाँ विचारको रूपमा विकास भयो भने उहाँ नै आउन सक्नुहुन्छ । त्यो के ठुलो कुरो हो र आन्दोलनमा ?
हैन, यस्तो हो के ।
हैन, अहिले त हाम्रो नेता उहाँ नै हो नि त । प्रचण्ड नै हो नि त, हैन ? सबै कुराको लिगेसी भएको । हैन ? अबचाहिँ सबै हिसाबले जनयुद्ध गरेको नेता उहाँ नै हो नि त ।
उहाँले नै पठाएको हो नि त । उहाँले किन पठाएको हो भन्नुहुन्छ भने उहाँले एउटा विद्रोहको कार्यदिशा, अर्को शान्ति र संविधानको कार्यदिशा खेलिदिनुभयो । अनि विद्रोहको कार्यदिशा समात्ने साथीहरू विद्रोहमा गए, शान्ति र संविधानको संसदको बाटो हिँड्नेहरू संसद्तिर गए । यद्यपि दुइटै कार्यदिशा बोकेर हिँड्नेहरू असफल भइयो, असफल भए ।
प्रचण्डले चाहेपछि आउनुहुन्छ । अहिलेसम्म प्रचण्डको पहल नपुगेरै नआएको हो ।
अब गणितीय हिसाबले हेर्नुभएको छ कि ? सबै जम्मा भए भने फेरि मेरैविरुद्ध लाग्ने हुन् भन्ने सोच्नुभएको छ कि ?
नचाहेरै हो । उहाँले चाह्यो भने सबै एकै ठाउँमा आउँछन् ।
त्यो त उहाँले के देख्नुभएको छ अब ।
अब गणितीय हिसाबले हेर्नुभएको छ कि ? सबै जम्मा भए भने फेरि मेरैविरुद्ध लाग्ने हुन् भन्ने सोच्नुभएको छ कि ?
अब सत्ता, शक्ति त अहिलेसम्मका नेताहरूको प्रवृत्ति नै छ नि । मरुन्जेलसम्म सत्ता, शक्ति नछोड्ने भन्ने त हामीले देखिराख्या छौँ नि ।
प्रचण्डसहितको नयाँ ढंगले माओवादी अगाडि लानुपर्यो नि त । तर नेतृत्वको विकल्प हुँदैन, प्रचण्डको विकल्प हुँदैन भन्ने हुँदैन के । त्यहाँ विकल्प हुन्छ ।
यसअघि प्रचण्डलाई धम्काउने, त्यसपछि नजिक जाने, पद लिने, प्रतिष्ठा लिने कुरा भयो । अध्यक्षलाई घुक्र्याउने, प्रेसरमा पार्ने, दबाबमा पार्ने, त्यसपछि आफ्नोअनुकूल निर्णय गराउने कुरा भएका छन् ।
प्रभाकरजीले आम कम्युनिस्ट आन्दोलनको विषयमा बोल्नुभयो । तल मुसो लेख्या छ, कसैले केही लेख्या छ, कसैले केही । भन्दाखेरि त यदि हेडक्वाटरका हौँ भन्नेहरूबाटै त्यो टिप्पणी भएको छ । नारायणकाजीले बोलेको इस्यु ठीक भन्ला कसैले । हेडक्वाटरचाहिँ एउटा ठुलो गुट भयो पार्टीमा ।
प्रतिक्रिया