बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आत्महत्या दुरुत्साहन गर्नेलाई सफाइ दिएको भन्दै परिवारको आपत्ति

आइतबार, १८ साउन २०८२, १५ : ००
आइतबार, १८ साउन २०८२

सारांश

  • विष्णुविक्रम थापालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेकी पत्नीलाई उन्मुक्ति दिएकोमा परिवारले असन्तुष्टि जनाएका छन्।
  • २०७७ चैत्रमा विष्णुविक्रमको शव कोठामा फेला परेको थियो, परिवारले न्याय नपाएको गुनासो गरे।
  • पीडित परिवारले सर्वोच्च अदालतमा मुद्दा दोहोर्याएका छन् र अभियन्ताहरूले न्यायका लागि धर्ना दिने बताए।

काठमाडौँ । विष्णुविक्रम थापालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने उनकी पत्नीलाई उन्मुक्ति दिएको पीडित परिवारले बताएका छन् । आइतबार संवाद डबलीमा थापाका बुबा कमलबहादुर थापाले आफ्नो छोरालाई आत्महत्या गर्न बाध्य पार्ने पत्नी विमला पाण्डेलाई न्यायालयले उन्मुक्ति दिएको बताएका हुन् । उनले प्रहरीले अनुसन्धान नगर्दा आफ्नो छोराले न्याय नपाएको बताए ।

२०७७ चैत्र ११ गते काठमाडौँ बौद्धमा डेरा गरी बसेको कोठामा विष्णुविक्रमको शव ओछ्यानमा राखेको अवस्थामा आफन्तले भेटाएका थिए । घटनास्थलमा पुग्ने कविता नेपालका अनुसार विष्णुविक्रमको घाँटी र ओटमा निल डाम थियो ।

विष्णु विक्रमकी दिदी यशोदा थापाले आफ्ना भाइलाई हत्या गरेको तर सरकार र न्यायालयले न्याय नदिएको गुनासो गरिन् । उनले भनिन्, ‘मेरो भाइको मरेको शव ओछ्यानमा सुताएर राखियो । यदि आत्महत्या हो भने कि झुन्डिएको अवस्थामा शव भेटिएन रु किन पहिला प्रहरीलाई खबर गरिएन रु किन हामीलाई जानकारी दिइएन रु’ यशोदाले केटीको मोबाइल, कल डिटेल, सामाजिक सञ्जाललगायत अनुसन्धान नगरेको समेत दाबी गरिन् ।

कार्यक्रममा अभियन्ता आरती रावलले प्रहरीले सही तरिकाले अनुसन्धान नगरेकै कारण पीडितले न्याय नपाएको बताइन् । उनले पीडितको न्यायको लागि आफूहरू सर्वोच्च अदालत अगाडि धर्ना बस्नेतलगायतका कार्यक्रम गर्ने जानकारी पनि दिइन् । 

त्यस्तै, अर्की अभियन्ता रेणु पौडेलले पनि अनुसन्धान गर्ने निकाय पहुँच र शक्तिबाट प्रभावित हुने गरेकै कारणले पीडितले न्याय नपाएको बताइन् । उनले पिडकलाई हदैसम्मको कारबाही हुनुपर्ने समेत बताइन् । जिल्ला र उच्चले आत्महत्या गर्न बाध्य पार्नेलाई सफाइ दिएपछि पीडित परिवारले सर्वोच्च अदालतमा मुद्दा दोहोर्‍याई पाउँ (दोपा) दर्ता गराएका छन् । यही साउन १६ गते बुबा कमलबहादुरले दर्ता गरेको दोपाको तारेख भदौ २९ गतेलाई राखेको छ ।

आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत काठमाडौँले २०८० कात्तिक १९ विमलालाई सफाइ दिएको थियो । त्यसपछि पीडित उच्च अदालत पुगेको थियो । उच्चले पनि २०८१ फागुन १३ गते जिल्लाकै आदेश सदर गरेको थियो ।

पत्रकार सम्मेलनमा पीडित परिवार र अभियन्ताले झगडियालाई झिकाएर प्रमाणका आधारमा पीडितलाई न्याय दिन सर्वोच्चसँग आग्रह गरेका छन् ।  विष्णुविक्रम र विमलाबिच विवाह भएको ५ महिना १० दिनमै उक्त घटना भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप