सोमबारदेखि ‘रियाल रिङ्गेट’को प्रदर्शन स्थगित हुने, कारण के हो ?
काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रियाल रिङ्गेट’ले प्रदर्शन स्थगित गर्ने भएको छ । निर्माण पक्षले सोमबारदेखि नेपालभरका सबै हलमा चलचित्रको प्रदर्शन स्थगित गर्न लागेको हो ।
हलले चलचित्रलाई राम्रो शो नदिएको कारण प्रदर्शन स्थगित गर्न लागेको निर्माण संस्था रेबेल फिल्मस प्रा.लिले आइतबार विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
‘दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त हुँदाहुँदै र हललाई बारम्बार अनुरोध गर्दा पनि उपयुक्त शोको बारेमा बेवास्ता गरिएको कारणले हामीले प्रदर्शन स्थगित गर्ने जस्तो कठोर निर्णय लिन बाध्य भयौँ’ विज्ञप्तिमा भनिएको छ । चलचित्र स्थगितको निर्णयबाट उत्पन्न असुविधाप्रति दर्शक समक्ष निर्णय पक्षले क्षमा समेत मागेको छ ।
विभोर पोखरेल निर्देशित ‘रियाल रिङ्गेट’ले खाडी मुलुकहरूमा रोजगारीको सिलसिलामा गएका नेपालीहरूको जीवन भोगाइलाई चलचित्रमा देखाइएको छ ।
चलचित्रमा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको पनि अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण