एनआरएनएद्वारा ८० हजार ३६२ जना सदस्यता स्वीकृत (देशगत सूचीसहित)
काठमाडौं । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२५–२०२७ कार्यकालका लागि सदस्यता सम्बन्धी विवरण सार्वजनिक गरिएको छ। कुल ८० हजार ३६२ जना गैरआवासीय नेपालीहरूको सदस्यता स्वीकृत गरिएको संघकी वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन् ।
उनका अनुसार, संघले ५८ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मा निर्वाचन प्रक्रिया सम्पन्न गरिसकेको छ।
जस अनुसार एशिया प्यासिफिकमा २२,३७९ सदस्य (२८%), अमेरिकाजमा १६,७६४ सदस्य (२१%), ओसिनियामा १६,५३८ सदस्य (२१%), युरोपमा १२,२०१ सदस्य (१५%), मध्यपूर्वमा ११,५७३ सदस्य (१४%) र अफ्रिकामा ९०७ सदस्य (१%) सदस्यता स्वीकृत भएको छ ।
यसैगरी निर्वाचन सम्पन्न भएका देशहरूलाई क्षेत्रगत रूपमा वर्गीकृत गर्दा अफ्रिकाका ९, अमेरिकाजका ५, एशिया प्यासिफिकका १०, युरोपका २५, मध्यपूर्वका ६, र ओसिनियाका ३ देश समावेश रहेको उनको भनाइ छ ।
सदस्यताको देशगत सूची हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण