सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआरएनमा सल्लाहकारसहित विभिन्न समिति गठन, को-को समेटिए ?

सोमबार, १९ साउन २०८२, १२ : १६
सोमबार, १९ साउन २०८२

सारांश

  • एनआरएनएले महेश श्रेष्ठको नेतृत्वमा सल्लाहकारहरू मनोनीत गरेको छ।
  • बैठकले अनुशासन समिति, पोलिसी एड्भोकेसी कमिटी र विधान समिति गठन गरेको छ।
  • संघले युएईमा हुने विधान सम्मेलनको तयारीलाई तीव्रता दिने निर्णय गरेको छ।

काठमाडौं । महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सल्लाहकार मनोनीत गरेको छ ।

 श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्व्य परिषद् (आइसीसी)को आइतबार बसेको भर्चुअल बैठकले विधानको धारा १७ को उपधारा ९ अनुसार सल्लाहकारहरु मनोनीत गरेको हो ।

जसअनुसार सोनम लामा, थर्क सेन, जानकी गुरुङ, उमेश पुडासैनी, प्रकाश धमला, नबिन शेरचन, शनिकुमार ओली, चित्र सुवेदी, तिलक के.सी., रोविन्द्र श्रेष्ठ (गोविन्द), बेद खरेल, बन्दना सापकोटा शर्मा, आनन्द विष्ट, विष्णु सुवेदी, नारायण थापा, दुर्गा आचार्य, नारायण आचार्य, नरेन्द्र भाट, नारायण सुवेदी, हिक्मत थापा, विश्व बराल, पूर्ण हमाल, विनोद शाह, कृष्ण गिरी र पुरान गिरी सल्लाहकार चयन भएको श्रेष्ठले जानकारी दिए । 
यसैगरी, बैठकबाट अनुशासन समितिमा दिल गुरुङ, सुवास जोशी र भुवानी प्रसाद तिम्मिल्सेना चयन भएका  छन् ।

यसैगरी बैठकले पोलिसी एडभोकेसी कमिटी पहिलो पटक गठन गरेको छ । तीन जनाको कमिटीमा खगेन्द्र जिसी संयोजक रहेका छन् भने कञ्चन पोखरेल र सुरेन्द्र श्रेष्ठलाई सह संयोजक तोकिएको छ । यसलाई पछि पुर्णता दिइने छ । कमिटीले एनआरएनएको नीतिगत कुराहरुमा सहयोग गर्ने छ ।

संघले सेप्टेम्बर २१ तारिखमा युएईमा हुने विधान सम्मेलनको तयारीलाई पनि तिब्रता दिने निर्णय गरेको छ । विधान समिति पनि आजको बैठकले गठन गरेको छ । संघका महासचिव बाबुराम (बीआर) लामाको संयोजकत्वमा विधान समिति गठन गरिएका हो । जसको सहसंयोजकमा गुणराज शर्मा, कृष्ण गिरी र लोकप्रसाद दाहाल रहेका छन् भने सदस्य सचिवमा विमल सुवेदी रहेका छन् । यस्तै सदस्यहरुमा बलराम श्रेष्ठ र मन थापा रहेका छन् ।

बैठकले एनसीसीको एकता तथा समन्वय समितिको संयोजकको जिम्मेवारी प्रवक्ता गंगाधर गौतमलाई दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप