आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

एमाले कर्णालीको छैटौँ बैठक सुर्खेतमा सुरु

सोमबार, १९ साउन २०८२, १२ : ४२
सोमबार, १९ साउन २०८२

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको छैटौँ बैठक सुर्खेतमा सुरु भएको छ ।  एमाले प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, पार्टी स्थायी कमिटी सदस्य तथा एमाले कर्णाली इन्चार्ज गोरखबहादुर बोगटीको उपस्थिति रहेको छ ।

बैठकमा पार्टीको आसन्न विधान महाधिवेशनका लागि नवौँ केन्द्रीय कमिटीले मातहतका कमिटीमा छलफलका लागि पठाएको विधान संशोधन प्रस्तावमाथिको छलफल, पार्टी सदस्यता नवीकरण, नियमित साङ्गठनिक गतिविधिको समीक्षा लगायतका विषयमा छलफल हुने पार्टी अध्यक्ष शाहले जानकारी दिए । उनका अनुसार बैठकमा प्रदेश कमिटी सदस्य, दशवटै जिल्लाका अध्यक्ष, कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य राजबहादुर बुढा, दल रावल, मोहनमाया ठकाल, दक्षिणा शाही लगायतका नेताहरूको पनि सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप