भिजिट भिसा प्रकरणमा सभामुख सरकारपक्षीय बनेको राप्रपाको आरोप
सारांश
- राप्रपा सांसद ध्रुवबहादुर प्रधानले सभामुखले भिजिट भिसा प्रकरणमा सरकारको पक्ष लिएको आरोप लगाए।
- सांसद प्रधानले भ्रष्टाचार र मानव तस्करीका मुद्दा उठाउँदा कार्यकारी तहबाट विरोध भएकोमा आपत्ति जनाए।
- उनले भिजिट भिसाको समस्या नियतमा रहेको र छानबिन समिति गठन नभएसम्म आन्दोलन जारी रहने बताए।
काठमाडौँ । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद प्रधानले भिजिट भिसा प्रकरणमा सभामुखले सरकारपक्षीय भूमिका खेलेको आरोप लगाएका हुन् । उनले भिजिट भिसा आफैँमा समस्या नभई सरकारको नियतमा समस्या रहेको बताए ।
उनले भ्रष्टाचार र मानव तस्करीका मुद्दामा जनप्रतिनिधिहरूले आवाज उठाउँदा कार्यकारी तहबाट संविधान विरोधी भनेर खारेज गर्न खोजिएकोप्रति पनि आपत्ति जनाए ।
उनले भने, ‘समस्या भिजिट भिसाको होइन । समस्या नियतको हो । भिजिट भिसामा त सबै जान्छन् । श्रम मन्त्रालयका विभिन्न संयन्त्रहरुले मानिसलाई विदेशमा पठाउने गरेका छन् । जसमा इमिग्रेसन पनि जोडियो जुन गृह मन्त्रालयमातहत रहेको छ । यसमा कमि कमजोरी देखियो । ३० लाख जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले यसको विरोध गर्दा व्यवस्था र संविधान विरोधी भनेर कार्यकारी व्यक्तिबाट अभिव्यक्ति आउनु एकदमै खेदजनक छ । हामी समाधान चाहन्छौं । सभामुखज्यूले पनि सहयोगका लागि आवश्यक के के गर्नुपर्ने हो ? गर्नुपर्यो । सरकारपक्षीय भएर सोचिदिनु भएन । त्यसको समाधान निकाल्नको लागि क्षमातावान हुनुहुन्छ सभामुख महोदय, त्यसतर्फ प्रयास गरौँ ।’
उनले भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन नगरेसम्म आफ्नो पार्टीको आन्दोलन जारी रहने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण