शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अर्को हप्ता रुस जाँदैछन् अमेरिकी दूत विट्कफ

सोमबार, १९ साउन २०८२, १७ : ०३
सोमबार, १९ साउन २०८२

सारांश

  • अमेरिकी दूत स्टिभ विट्कफ युक्रेन युद्धबारे वार्ताका लागि आगामी हप्ता रुस जाने भएका छन्।
  • ट्रम्पले युद्धविराम नभए कडा ट्यारिफ लगाउने चेतावनी दिएका छन्।
  • ट्रम्पले दुईवटा परमाणु पनडुब्बी तैनाथ गरेको बताए, तर तिनको बारेमा थप जानकारी दिएनन्।

वासिङ्टन डिसी । युक्रेन युद्धबारे वार्ता जारी राख्न अमेरिकी दूत स्टिभ विट्कफ आगामी हप्ता रुस जान लागेका छन् । आइतबार पत्रकारहरूसामु बोल्ने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो बताएका हुन् ।

 ‘म लाई लाग्छ कि, आगामी हप्ता बुधबार वा बिहीबार विट्कफ रुस जानेछन्,’ उनले भने । प्रतिबन्ध छल्न रुसले के गर्न सक्ला भनेर पत्रकारहरूले  सोधेको प्रश्नको जवाफमा ट्रम्पले भनेका थिए, ‘हो, यस्तो सम्झौता गर जहाँ मानिसहरू मारिन छाड्नेछ ।’

 छिट्टै नै युक्रेनसँग युद्धविराम भएन भने निकै कठोर ट्यारिफ लगाइने चेतावनी पनि उनले दिएका छन् । अनलाइनमा रुसका पूर्व राष्ट्रपति डिमिट्री मेदभेदेभसँग चर्काचर्की लगत्तै आफूले दुई वटा परमाणु पनडुब्बी तैनाथ गरेको पनि ट्रम्पले बताए ।

 यो पनडुब्बी परमाणुबाट चल्ने हो कि परमाणु हतियारयुक्त हो भन्ने चाहिँ ट्रम्पले स्पष्ट खुलाएका छैनन् । न त उनले यसलाई कहाँ राखिएको छ भनेरै भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप