बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे
सोमबार, १९ साउन २०८२, १७ : ३९
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मका कारण पनि नेपाल विश्वमा चिनिएको बताएका छन् ।
गुरु पद्मसंभवको जन्म दिवसको अवसरमा साेमबार आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनी भएको कारणले गर्दा नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरूको सङ्ख्या विश्वमै बढिरहेको उल्लेख गरे ।
मन्त्री पाण्डेले बुद्धको शिक्षालाई आजको संसारले अझै पनि ग्रहण गरिरहेको र त्यो क्रम बढ्दो रहेको उल्लेख गर्दै भने, “भौतिक सम्पन्नता एक हदसम्म मात्र सन्तुष्टि दिन सक्छ, तर अन्तर्मनको शान्ति बुद्ध मार्गबाट मात्र सम्भव हुन्छ।”
नेपालको ऐतिहासिक, धार्मिक र आध्यात्मिक सम्पदाको संरक्षण, प्रचार–प्रसार र विश्वसामु प्रभावकारी प्रस्तुतीकरण नेपाल सरकारको प्राथमिकतामा रहेको पनि उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण