मुलुकी अपराध संहिता संशोधन विधेयकमा छलफलका लागि गृहमन्त्रीले बोलाए बैठक
सोमबार, १९ साउन २०८२, १९ : ४३
काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान ९ बजे मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समितिको बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा हाल चर्चामा रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
संसदीय मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको सो विधेयक सम्बन्धमा विभिन्न खाले विचार व्यक्त भइरहेका बेला विधेयक समितिका संयोजक समेत रहेका गृहमन्त्री लेखकले उक्त विषयमा अध्ययन गरिरहनुका साथै विधेयकका विषयमा सरोकारवाला मन्त्री र उच्च स्तरीय सरकारी अधिकारीहरुसँग सरसल्लाह समेत गरिरहेका गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण