बहुविवाहसम्बन्धी कानुन ल्याउन खोजिएको भन्दै विराटनगरमा प्रदर्शन
विराटनगर । सरकारले बहुविवाहसम्बन्धी विधेयक ल्याउन खोजेको भन्दै महिला अधिकारविरोधी तथा विभिन्न अधिकारवादी संघसंस्थाहरूले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।
विराटनगर महानगरपालिका–९ स्थित ट्राफिक चोकमा सोमबार महिला मानव अधिकार रक्षक सञ्जाल, मानवअधिकार सञ्जाल र गैरसरकारी संस्था महासंघ, मोरङको संयुक्त आयोजनामा उक्त विरोध कार्यक्रम सम्पन्न भएको हो ।
विरोध कार्यक्रममा वक्ताहरूले महिलाको संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र समाजलाई पछाडि धकेल्ने काम भएकाले तत्काल खारेज गर्न माग गरेका थिए ।
कार्यक्रममा ओरेक नेपालकी कोशी प्रदेश संयोजक शोभा बजगाईं, साझा सवालका लागि साझा मञ्चकी अध्यक्ष तथा महिला मानवअधिकार राष्ट्रिय सञ्जालकी केन्द्रीय कोषाध्यक्ष मन्जिता उपाध्याय, इन्सेकका कोशी प्रदेश संयोजक मनोहर पोखरेललगायतले संविधानले सुनिश्चित गरेको महिलाको सम्मानपूर्वक बाँच्न पाउने अधिकारविरुद्ध आउने कुनै पनि कानुन मान्य नहुने बताए ।
सञ्जाल तथा गैरसरकारी संस्थामा आबद्ध करिब तीन दर्जन अधिकारकर्मीहरूको सहभागिता रहेको उक्त प्रदर्शनमा ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
सहभागीहरूले बोकेका प्लेकार्डमा 'हामी बोल्छौँ', 'हामी बदल्छौँ', 'पश्चगामी कानुन चाहिँदैन', 'संविधान मिच्न पाइँदैन', 'महिलाको संवैधानिक अधिकार सुनिश्चित गर', 'कानुनी राज्य कायम गर', 'महिलाको शरीरमाथिको नियन्त्रण बन्द गर' र 'लैङ्गिक समानता हाम्रो आवश्यकता' जस्ता नाराहरू लेखिएका थिए ।
प्रदर्शनकारीहरूले महिला अधिकारलाई संकुचित गर्ने कुनै पनि प्रयासविरुद्ध निरन्तर आवाज उठाइरहने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण