कुलिङ अफ पिरियड छानबिन समितिको प्रतिवेदन पारित
काठमाडौँ । सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्था खण्डित हुने प्रावधान किन र कसरी राखियो भन्नेबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन पारित गरेको छ । प्रतिवेदन सर्वसम्मतिले पारित भएको सदस्य नारायण आचार्यले जानकारी दिए ।
साेमबार बिहान ७ बजेदेखि बसेको बैठकले साँझ साढे सात बजेतिर प्रतिवेदन पारित गरेको हो ।
कुलिङ अफ पिरियडको प्रावधान निष्क्रिय पार्नमा प्रत्यक्ष जिम्मेवारीमा रहेकाहरू र त्यसलाई निष्क्रिय पार्न परोक्ष भूमिका खेल्नेहरूलाई जवाफदेही बनाउने गरी सहमति जुटेको बताइए पनि समिति सदस्यहरूले यसबारे औपचारिक जानकारी दिएका छैनन् ।
आचार्यले प्रतिवेदन पारित भएको र अहिले शुद्धाशुद्धी हेर्ने काम भइरहेको जानकारी दिए । कांग्रेस सहमहामन्त्री जीवन परियार सभापतित्वको समितिमा कांग्रेस सांसद सुशीला थिङ, एमालेका सांसदहरू नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी सांसद माधव सापकोटा, रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्की सदस्य छन् ।
पहिला २१ दिनको समय पाएको समितिलाई साउन ११ गते सात दिनको म्याद थपिएको थियो । त्यो म्याद आइतबार सकिए पनि समितिले सोमबार मात्रै सहमति जुटाएको हो ।
के विषयमा कसरी सहमति भयो भन्ने पूर्ण जानकारी आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण