कन्तलाल चौधरी हत्या आरोपमा नौ जना पक्राउ
सारांश
- सप्तरीको सुरुङ्गा नगरपालिकामा कन्तलाल चौधरीको हत्यामा संलग्न नौ जना पक्राउ परेका छन्।
- प्रहरीले घटनाको दुई महिनापछि डाँका तथा कर्तव्य ज्यान मुद्दामा उनीहरूलाई पक्राउ गरेको हो।
- पक्राउ परेकाहरूबाट मृतकको घरबाट लुटिएको गरगहना, कटुवा पेस्तोल, गोली र खुकुरी बरामद गरिएको छ।
राजविराज । गत जेठ २२ गते राति सप्तरीको सुरुङ्गा नगरपालिकामा डाँकाको समूहद्वारा हत्या गरिएका कन्तलाल चौधरीको हत्या आरोपी पक्राउ परेका छन् । घटनाको दुई महिनापछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय राजविराजमा आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको छ । प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–८ का २७ वर्षीय राजेशकुमार मरिक, २८ वर्षीय सञ्जय मरिक, बोदे बर्साइन नगरपालिका–२ का २० वर्षीय दीपेन मरिक, खडक नपा–११ का ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नपा–८ का २४ वर्षीय दीपक मरिक, उदयपुरको बेलका नपा–१ का २८ वर्षीय चन्दर मरिक, सप्तरीको सुरुङ्गा नपा–७ का ३३ वर्षीय राजुकुमार बिक, सिराहाको लहान नपा–६ का ५२ वर्षीय महेन्द्र गोड्से र लहान–८ का ३८ वर्षीय उमेश साह सोनार छन् ।
पक्राउ परेकाविरुद्ध डाँका तथा कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट मृतकको घरबाट लुटिएको गरगहनासहित कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई राउन्ड गोली र एक थान खुकुरी बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्विनोनेसको गोलमा आयोजक मेक्सिकोलाई सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ सुरु: उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिका मैदानमा, घन्कियो राष्ट्रिय गान
-
कस्ताे छ मेक्सिको सिटीकाे माैसम ?
-
एउटा ब्याच नम्बरबाहेक अन्य उत्पादन सुरक्षित रहेको यशोदा फुड्सको स्पष्टोक्ति
-
तस्बिरमा फिफा विश्वकप २०२६ को उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण