शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माछापुच्छ्रे बैंकको नाफा झण्डै दोब्बर, लाभांश क्षमता कति ?

मङ्गलबार, २० साउन २०८२, ११ : ०७
मङ्गलबार, २० साउन २०८२

सारांश

  • माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८१-८२ मा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको भन्दा ९३ प्रतिशतले बढी हो।
  • बैंकको नाफा वृद्धिमा व्यवसाय विस्तार, सेवा सुधार र खराब कर्जा सुधार मुख्य कारक रहेका छन्, जसले खुद ब्याज आम्दानीमा वृद्धि गरेको छ।
  • बैंकले शेयरधनीलाई वितरणयोग्य नाफा प्रति शेयर ९.३२ प्रतिशत रहेको जनाएको छ, जसले गर्दा बैंकको नेटवर्थमा सुधार आएको छ।

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा झण्डै दोब्बर पुगेको छ । बैंकले आर्थिक वर्ष २०८१-८२ मा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको थियो । यो वर्षको नाफा वृद्धि झण्डै ९३ प्रतिशत हो । 

यसरी नाफा बढ्नुमा बैंकको व्यवसाय विस्तार, सेवा विस्तारमा सुधारदेखि खराब कर्जामा सुधारसम्म प्रमुख कारण रहेको देखिएको छ । बैंकले यो अवधिमा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, वयज तथा कमिसनसम्बन्धी आम्दानी १ अर्ब ८ करोडबाट बढेर १ अर्ब २८ करोड पुगेको छ । 

अघिल्लो वर्ष बैंकले नउठेको ऋणको सुरक्षणका लागि इम्पेरिमेन्ट चार्जस्वरुप १ अर्ब ३९ करोड रुपैयाँ छुट्याएको थियो । यो वर्ष यो शीर्षकमा जम्मा ३५ करोड रुपैयाँ मात्रै छुट्याउनु परेकोले यसले नाफामा व्यापक सुधारको अवस्था देखाएको हो । बैंकको आम्दानीसँगै सञ्चालन खर्च तथा कर्मचारी खर्चमा समेत सामान्य वृद्धि देखिएको छ । 

११ अर्ब ६२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको बैंकले असार मसान्तसम्म १ खर्ब ८४ अर्ब १७ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरी १ अर्ब ४१ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । बैंकको रिजर्भ फण्डमा ६ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । योसँगै बैंकको नेटवर्थ १६३.८० रुपैयाँ पुगेको छ । 
बैंकसँग हाल ९.४१ प्रतिशत बराबरको प्राथमिक पुँजीकोष र १३.३२ प्रतिशत बराबरको पुँजीकोष रहेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात घटेर ३.८३ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.६२ प्रतिशत र आधार दर ३.७९ प्रतिशत रहेको छ । बैंकको पुँजीकोष्मा आम्दानीको अनुपात (रिटर्न अन इीक्वटी ११.१३ प्रतिशत रहेको देखिन्छ ।

उच्च नाफाको बाबजुद बैंकको वितरणयोग्य नाफा भने एकल अंकमा छ । बैंकले यो वर्ष शेयरधनीलाई बाँड्न मिल्ने नाफा १ अर्ब ७ करोड रुपैयाँ देखिन्छ जुन प्रतिशेयर ९.३२ प्रतिशत बराबर हो ।

macchap

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप