कांग्रेस प्रमुख सचेतक घिमिरेलाई राप्रपा सांसद सिंहले संसद्मै फर्काए जवाफ
सारांश
- कांग्रेसका प्रमुख सचेतक घिमिरेको अभिव्यक्तिमाथि राप्रपाका सांसद सिंहले जवाफ फर्काए।
- सिंहले भिजिट भिसाको नाममा भइरहेको ठगी र सरकारको सुशासनमाथि प्रश्न उठाए।
- राप्रपाले सदन बहिष्कार गर्दै आएको र भत्ता नलिने जानकारी गराएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सोमबारको प्रतिनिधिसभामा आफूहरूलाई लक्षित गर्दै व्यक्त गरेको धारणाको जवाफ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दीपकबहादुर सिंहले मंगलबारको प्रतिनिधिसभा बैठकमा फर्काएका छन् ।
सोमबारको बैठकमा कांग्रेस प्रमुख सचेतक घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले गोयबल्स शैलीमा झुटो कुरा गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका थिए । ७० दिनदेखि रास्वपा र राप्रपाले गरिरहेको यो कार्य बन्द गरिनुपर्ने बताउँदै उनीहरूको यो कदम बन्द नभए सम्पूर्ण सांसदहरू उनीहरूको क्रियाकलापविरुद्ध उत्रिन पर्ने हुनसक्ने चेतावनी दिएका थिए ।
त्यो अभिव्यक्तिको जवाफ सिंहले मंगलबार संसद् बैठकमै दिएका हुन् । सिंहले भने, ‘हिजोमात्रै यस सदनमा भिजिट भिसाको नाममा बहिस्कार गर्नेहरूलाई हामी सभासद्हरूले प्रतिवादमा उत्रिनुपर्छ भन्ने कांग्रेसका प्रमुख सचेतकहरूले भनिसक्नुभएको छ । के सरकारको सुशासन भएको यही हो । भिजिट भिसामा दैनिक ५० लाख असुली धन्दा गरेर हाम्रो छोराछोरीलाई विदेश पठाउने, ती विदेशमा गएका बिचल्ली हुँदा कुनै पनि वास्ता नगर्ने दिनको लागि गणतन्त्र ल्याएको हो ।’
घिमिरेले बैठकमा भनेका थिए, ‘रास्वपा र राप्रपाले गोयबल्स शैलीमा झुटो कुरा गरेर जनतामा भ्रम छर्ने काम बन्द गर्नुपर्छ । बन्द नगरिए संसद्को गरिमा रहने छैन । सम्पूर्ण सांसदहरू यसविरुद्ध उत्रिन पर्ने अवस्था आउन सक्छ, यसबारे ध्यान दिनुहोला ।’
सिंहले आफूहरूले उठाएका माग सम्बोधन गर्न सरकार र सभामुखले चासो नदिएको आरोपसमेत लगाए । आफूहरूले आज पनि संसद् बैठक बहिस्कार गर्ने र बहिस्कार गर्ने दिनको भत्ता नलिने पनि जानकारी गराए । भिजिट भिसामा छानबिनको माग गर्दै गत जेठ १३ गतेदेखि सदन बहिस्कार गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण