कुलिङ अफ पिरियडमा ठुला दलका कारण चाहेजस्तो प्रतिवेदन बन्न सकेनः रोशन कार्की
मङ्गलबार, २० साउन २०८२, १४ : २७
सारांश
- राप्रपा सांसद रोशन कार्कीले विशेष समितिको प्रतिवेदन ठुला दलको कारण चाहेजस्तो बन्न नसकेको बताइन्।
- उनले नैतिकता शब्द राख्न सहमति जुटाउन दुई दिन लागेको र माओवादी, रास्वपा र राप्रपाले दबाब दिनुपरेको बताइन्।
- कार्कीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कांग्रेस सभापति र कर्मचारीको दबाबमा चलखेल गरेको बताइन्।
काठमाडौँ । राप्रपा सांसद एवं कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन गर्न गठित विशेष समितिका सदस्य रोशन कार्कीले ठुला दलका कारण चाहेजस्तो प्रतिवेदन बन्न नसकेको बताएकी छन् ।
विशेष समितिले मंगलबार सभामुखलाई प्रतिवेदन बुझाएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले ठुला दलका दम्भका कारण चाहेको जस्तो निष्कर्ष निकाल्न नसकिएको बताइन् । उनले प्रतिवेदनमा नैतिकता भन्ने शब्द राख्ने विषयमा सहमति जुट्न नै दुई दिन लागेको उल्लेख गरिन । नैतिकता भन्ने शब्दसँग ठुला दल डराएपछि त्यसलाई राख्न समितिभित्रै माओवादी, रास्वपा र राप्रपाले ठुलो दबाब दिनुपरेको उनको भनाइ छ ।
कार्कीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कांग्रेस सभापति र कर्मचारीको दबाबले कुलिङ अफ पिरियड चलखेल गरेको पाइएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण