बहुविवाहलाई कानुनी मान्यता दिन लागिएको भन्दै आपत्ति, मन्त्रीलाई ज्ञापनपत्र
बुटवल । बहुविवाहलाई कानुनी मान्यताको तयारी गर्न लागिएको भन्दै अखिल नेपाल महिला संघ जिल्ला कमिटी दाङले गम्भीर आपत्ति जनाएको छ ।
संघले मंगलबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत संघले संघीय कानुन मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
संघकी अध्यक्ष लक्ष्मी शर्माको हस्ताक्षर रहेको ज्ञापनपत्रमा बहुविवाहलाई वैधता दिने हालको प्रस्तावले महिला अधिकार, लैङ्गिक समानता र सामाजिक न्यायविरुद्ध गम्भीर खतरा उत्पन्न गर्ने उल्लेख गरिएको छ ।
२०७५ साल भदौ १ गतेदेखि लागु भएको कानुनअनुसार पूर्ण रूपमा निषेध गरिएको बहुविवाहलाई फेरि संशोधनमार्फत पुनः वैध बनाउने तयारीले पितृसत्तात्मक संरचनालाई कानुनी संरक्षण दिने खतरनाक संकेत देखिएको संघको दाबी छ ।
संघले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई बहुविवाहसम्बन्धी कानुनी संशोधनको प्रयास तत्काल फिर्ता लिन माग गर्दै, महिला समानताको मर्म र संवैधानिक अधिकारको रक्षा गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण