भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी नै न्याय : प्रधानमन्त्री
मङ्गलबार, २० साउन २०८२, २० : १२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी नै न्याय भएको बताएका छन् ।
तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तार मार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ विषयक साइड इभेन्टमा प्रधानमन्त्री ओलीले भूपरिवेष्ठित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताए ।
“तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ–सम्पर्क सञ्जाल खोल्नु उनीहरूको कर्तव्य हो,”, उनले भने, “यो अनुग्रह होइन । अवरोधलाई नवप्रवर्तनमा बदलौँ, यसलाई साझा समृद्धिको इन्जिन बनाऔँ भन्ने आव्हान हो ।”
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण