बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
बुधबार, २१ साउन २०८२, १० : १५
सारांश
- उदयपुरमा आफ्नै घरमा बल्ब जोड्ने क्रममा करेन्ट लाग्दा एक बालकको दुःखद मृत्यु भएको छ।
- त्रियुगा नगरपालिका-७ का ११ वर्षीय दर्शन विकलाई करेन्ट लागेपछि अस्पताल लगिएको थियो।
- उपचारको क्रममा बालकको मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको छ।
उदयपुर । आफ्नै घरमा बल्ब जोड्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–७ का ११ वर्षीय दर्शन विकको करेन्ट लागेर मृत्यु भएको हो ।
मंगलबार साँझ ७ः३० बजे आफ्नै घरमा होल्डरमा बल्ब जोड्ने क्रममा करेन्ट लागेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएको थियो ।
तर उपचारको क्रममा ७ः४५ बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
-
उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण