मिडिया काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व सुनिश्चत गर्न माग
काठमाडौँ । मिडिया काउन्सिलमा अनलाइन टिभी पत्रकारहरुको प्रतिनिधित्व सूनिश्चित गर्न अनलाइन टिभी पत्रकार संघ, नेपालले माग गरेको छ ।
काउन्सिल सम्वन्धी विधेयकमा छलफल चलाईरहेको संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर वहादुर थापालाई सुझावपत्र बुझाउँदै संघले प्रतिनिधित्वको माग गरेको हो ।
विधेयकको दफा ६ 'घ' मा छापा, अनलाईन, रेडियो र टेलिभिजनका प्रकाशक, सम्पादक, श्रमजीवी पत्रकारहरुको प्रतिनिधित्व हुने व्यवस्था गरिएपनि अनलाइन टिभीलाई भने वेवस्ता गरिएको भन्दै संघले समितिको ध्यानाकर्षण गराएको हो ।
संघको तर्फबाट अध्यक्ष जीवन भण्डारी नेतृत्वको टोलीले सभापति थापालाई सिंहदरवारस्थीत कार्यकक्षमै भेटेर पछिल्लो समयमा सबैभन्दा बढी प्रभावकारी भएका र संख्याको हिसावले पनि सबैभन्दा धेरै रहेका अनलाइन टिभीहरुको प्रतिनिधित्व काउन्सिलमा हुनुपर्ने माग राखेको हो ।
संघको तर्फबाट सभापति थापालाई दिएको सुझावपत्रमा लेखिएको छ, 'काउन्सिलमा सबैभन्दा धेरै उजुरी पर्ने, सबैभन्दा धेरै विकास हुदै गएको र सबैभन्दा धेरै प्रभावशाली हुदै गएको अनलाइन टिभीको प्रतिनिधित्व अनिवार्य हुुनुपर्दछ । माध्यम अनुसारको समावेशी प्रतिनिधित्वसँगै प्राविधिक, व्यवहारिक र न्यायोचित दृष्टीकोणले पनि काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व आवश्यक छ ।'
प्रेस काउन्सिलकै अघिल्लो बर्षको विवरण अनुसार देशभरी नियमित प्रकाशित सबै प्रकारका पत्रिकाको संख्या ७७९ रहेको, प्रसारण अनुमति लिएका रेडियोको संख्या ११९२ र टिभीको संख्या २४६ रहेकोमा अनलाइनको संख्या ४६२२ र अनलाइन टिभीको संख्या त्यो भन्दा धेरै रहेको अध्यक्ष भण्डारीको दावी छ ।
संघको सुझावपत्र बुझेपछि समितिका सभापति थापाले संघको सुझावलाई सकारात्मक रुपमा लिएको बताउँदै समितिमा छलफल गरेर व्यवहारिक सुझावहरुलाई समेट्ने आश्वासन दिएको भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण