संसद् बैठक
प्रतिनिधिसभामा बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक पेस हुँदैन : कानुनमन्त्री
बुधबार, २१ साउन २०८२, १४ : १०
सारांश
- कानुनमन्त्री अजय चौरसियाले बहुविवाहसम्बन्धी विधेयक पेस नहुने बताए।
- मन्त्री चौरसियाले समाजमा नकारात्मक असर पर्ने व्यवस्थासहितको विधेयक पेस नहुने बताएका हुन्।
- प्रतिनिधिसभा र बाहिर बहुविवाहसम्बन्धी कानुनको विरोध भएपछि मन्त्रीले यस्तो प्रतिक्रिया दिए।
काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले समाजमा नकारात्मक असर पर्ने गरी प्रतिनिधिसभामा बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक पेस नहुने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै मन्त्री चौरसियाले भने, ‘समाजमा नकारात्मक असर पर्ने बहुविवाह सम्बन्धी व्यवस्था गरिएका विधेयक प्रतिनिधिसभामा सरकारले पेस नगर्ने प्रतिबद्धता जनाउँछु ।’
सरकारले बहुविवाह गर्न पाउने कानुन ल्याउन लाग्यो भन्दै प्रतिनिधिसभा र बाहिर चर्को विरोध भएपछि मन्त्री चौरसियाले जवाफ दिँदै त्यस्तो बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण