रास्वपालाई तीन ‘अ’ बाट मुक्त हुन विश्वप्रकाशको सुझाव
सारांश
- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले रास्वपालाई तीन 'अ' बाट मुक्त हुन सुझाव दिएका छन्।
- शर्माले रास्वपालाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन आग्रह गरे।
- उनले रवि लामिछाने गृहमन्त्री हुँदा सबैभन्दा बढी नेपाली भिजिट भिसामा विदेश गएको तथ्याङ्क प्रस्तुत गरे।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तीन ‘अ’ बाट मुक्त हुन सुझाव दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै शर्माले रास्वपालाई त्यस्तो सुझाव दिएका हुन् ।
‘रास्वपाका मित्रहरूलाई तीन ‘अ’बाट मुक्त हुन् मेरो सुझाव छ,’ शर्माले भने, ‘अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुनुहोस् ।’
उनले भिजिट भिसामा रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सबैभन्दा बढी नेपाली विदेश गएको तथ्याङ्क प्रस्तुत गरे । पछिल्लो समय गृहमन्त्री भएका ५ जनाको एक सय ५० दिनमा भिजिट भिसामा विदेश जानेको तथ्याङ्क प्रस्तुत गर्दै महामन्त्री शर्माले त्यसमा सबैभन्दा बढी लामिछानेको पालामा बिदेसिएको बताए ।
शर्माले त्यही तथ्याङ्कका आधारमा रास्वपालाई प्रश्न सोध्दै भने, ‘तपाईँहरूले आफ्नै सभापति गृहमन्त्री भएको बेलामा हामीले भिजिट भिसामा मानिसलाई बेच्यौ त भन्न खोज्नु भएको होइन । यो मैले भनेको होइन, तथ्याङ्कले त्यही देखाउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण