सभामुख घिमिरेले माओवादी सांसद मोदीलाई बोल्दाबोल्दै रोके
सारांश
- सभामुख देवराज घिमिरेले सांसद अमनलाल मोदीलाई प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्न रोके।
- मोदीले सरकारको आलोचना गरेपछि सभामुखले उनलाई रोकेका थिए, किनकि उनले नीतिगत विषय उठाएका थिए।
- मोदीले कुलिङ पिरियड, मन्त्रीहरूको आर्थिक लेनदेन लगायतका विषयमा सरकार चुकेको बताएका थिए।
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीलाई प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दाबोल्दै रोकेका छन् । बुधवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दा मोदीले नीतिगत विषयमा प्रवेश गरी सरकारको आलोचना गर्न थालेपछि सभामुखले रोकेका हुन् ।
मुलुकमा तत्काल भएका घटनाहरूबारे बोल्नका लागि भनेर आकस्मिक समयको व्यवस्था गरिए पनि मोदीले हाजिरी जवाफमा अहिलेसम्मको सेटिङ र कान्डैकान्डमा चलेको सरकार कुन हो भनेर सोधियो भने अहिलेको सरकार देखिन्छ भन्दै व्यङ्ग्य गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले यस्ता विषय आकस्मिक समयको नरहेको बताएका हुन् । मोदीले कुलिङ पिरियड, मन्त्रीहरूको आर्थिक लेनदेन, भिजिट भिसा, किसानहरूलाई मल खातलगायतका घटनामा सरकार चुकेको मोदीले बताएका थिए ।
त्यसपछि सभामुखले यी विषय नीतिगत विषय भएकाले उनलाई बस्न आग्रह गरे । तर, मोदीले भ्रष्टाचारको विषय भएकाले त्यसका बारेमा आवाज उठाउनु स्वाभाविक रहेको बताउँदै आफ्नो भनाइ टुङ्ग्याएर आसनमा बसे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण