जलवायु वित्त पाउन ‘फलामको चिउरा चपाए’जस्तै १२ वर्षमा आयो जम्मा ३२ करोड डलर
सारांश
- सरकारी प्रतिवेदनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वित्तीय सहायता पाउन कठिन रहेको जनाएको छ।
- नेपालले जलवायु वित्तमा कमजोर पहुँच र जटिल प्रक्रिया भोग्नुपरेको प्रतिवेदनमा उल्लेख छ।
- कोप २९ मा विकासोन्मुख राष्ट्रले १.३ ट्रिलियन डलरको माग गरे पनि ३०० अर्ब डलरको लक्ष्य निर्धारण गरियो।
काठमाडौँ । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय मञ्चमा ठुला प्रतिवद्धता भएपनि नेपाल जस्ता अति कम विकसित राष्ट्रले वित्तीय सहायता पाउन फलामको च्यूरा चपाउनु सरह कठिन रहेको सरकारी प्रतिवेदनले औँल्याएको छ ।
राष्ट्रियसभाको दिगो विकास उपसमितिले सार्वजनिक गरेको प्रतिवेदनले जलवायु वित्तमा नेपालको पहुँच अत्यन्तै कमजोर र प्रक्रियागत रूपमा जटिल रहेको खुलासा गरेको हो ।
विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान नगण्य (०.०५६ प्रतिशत) भए पनि यसको असर भने सबैभन्दा बढी भोगिरहेको छ । तर, क्षतिपूर्ति स्वरूप पाउनुपर्ने वित्तीय सहायताको अवस्था निराशाजनक प्रतिवेदनले देखाएको हो ।
अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार विगत १२ वर्षमा नेपालले यूएनएफसीसीसी अन्तर्गतका विभिन्न कोषबाट जम्मा ३२२.५३ मिलियन अमेरिकी डलर (करिब ३२.२ करोड डलर) मात्र सहायता प्राप्त गरेको छ ।
प्रतिवेदनले भनेको छ– ‘अन्तर्राष्ट्रिय श्रोतबाट रकम प्राप्त गर्न वित्तीय व्यवस्थापन प्रणालीमा उच्चस्तरको मानक कायम गर्ने, पारदर्शी र जवाफदेही हुने जस्ता कडा सर्तहरूका कारण सहायता लिनु निकै कठिन देखिन्छ ।’
कोप २९ मा विकासोन्मुख राष्ट्रले १.३ ट्रिलियन डलरको माग राखेकोमा जम्मा ३०० अर्ब डलरको लक्ष्य निर्धारण हुनुले पनि विकसित राष्ट्रहरूको अनिच्छा प्रस्ट पारेको प्रतिवेदनको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण