नवीन प्रविधिको प्रयोगलाई समेट्न औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक उपयुक्त छ : सांसद साह
बुधबार, २१ साउन २०८२, १७ : ०६
सारांश
- सांसद ज्वाला साहले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक उचित रहेको बताइन्।
- उनले सफ्टवेयर एआइ र नवीन प्रविधिको प्रयोगलाई समेट्न विधेयक आवश्यक रहेको बताइन्।
- विधेयकले रोजगारी सिर्जना गर्ने र लगानी सुरक्षित गर्ने अपेक्षा गरिएको छ।
काठमाडौँ । सांसद ज्वाला साहले डिजिटल युगमा सफ्टवेयर एआइ र नवीन प्रविधिको प्रयोगलाई समेट्न औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक उचित भएको बताएकी छन् । उनले प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि भएको छलफलमा बोल्दै यस्तो बताएकी हुन् ।
‘डिजिटल युगमा सफ्टवेयर एआइ र नवीन प्रविधिको प्रयोगलाई समेट्न यो विधेयक उचित हुन्छ । विधेयक पारित हुँदा जोखिम र कानुनी बाधामा संवेदनशील हुन जरुरी छ,’ उनले भनिन्, ‘यो विधेयकको सैद्धान्तिक मर्मलाई ध्यान दिनुपर्छ ।’
यो विधेयकले रोजगारी सिर्जना गर्ने सुरक्षित लगानी गर्ने अपेक्षा लिएको उनको भनाइ छ । ‘कर्पोरेट कम्पनी र साना उद्यमीबिचको सन्तुलन कसरी कायम गर्न सकिन्छ ? मेरो यो प्रश्न छ । त्यसैगरी विदेशी फमको दबाबमा स्थानीय परम्परागत ज्ञान र सम्पत्ति कसरी सुरक्षित हुन्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण