पार्टी विरोधी गतिविधि गर्नेहरूको नामावली पठाउन सिके राउतको निर्देशन
काठमाडौँ । जनमत पार्टीले पार्टी विरोधी गतिविधिमा संलग्न भएका नेता तथा कार्यकर्ताको नामावली पठाउन जिल्ला इन्चार्जहरूलाई निर्देशन दिएको छ ।
पार्टी विरोधी गतिविधिमा संलग्न भएका नेता तथा कार्यकर्ताको नामावली इन्चार्जमार्फत् केन्द्रमा पठाउन पार्टी अध्यक्ष डा.सिके राउतले बताए ।
पार्टी सचिवालयद्वारा बुधबार जारी पत्रमा पार्टी अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्ने नीतिअनुसार कुनै पनि सदस्यले अनुशासन उल्लङ्घन गरेमा तत्काल कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ ।
अबदेखि पार्टी सदस्यले पार्टीका निर्णय विपरीत गतिविधि गरे वा कुनै समितिमा नरही टिकट लिन खोजे वा कुनै लाभको पद लिन खोज्दा अनुशासन सफाइको प्रमाणपत्र लिनुपर्ने वा अनुशासन क्लियरेन्स हुनुपर्ने प्रावधान ल्याउन लागेको समेत जानकारी गराइएको छ ।
पत्रमा भनिएको छ, “पार्टी विरोधी गतिविधिमा लाग्ने, पार्टी विरोधी गुट/समूहको बैठक वा भेलामा सहभागी हुने वा पार्टी विरोधी पोस्टहरू गर्ने सदस्यहरूको नाम प्रमाणसहित नियमित रूपमा केन्द्रमा पठाउन अनुरोध गरिन्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण