समाचार
संघीय लोकतान्त्रिक मोर्चाबाट बाहिरियो जनमत
बुधबार, २१ साउन २०८२, २० : १५
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी तराई मधेसकेन्द्रित सात दलीय संघीय लोकतान्त्रिक मोर्चाबाट बाहिरिएको छ । यससँगै रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा जनमत पार्टीले आफ्नै उम्मेदवार उठाउने भएको छ ।
जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवका अनुसार पार्टीले रुपन्देहीको उपनिर्वाचनका लागि आफ्नै उम्मेदवार उठाउने भएको हो । उनले संघीय लोकतान्त्रिक मोर्चा कसैलाई सांसद र मन्त्री बनाउन गठन नगरिकएको बताए ।
उनले निर्वाचनका लागि आफूहरू एक ठाउँमा नभएको समेत प्रस्ट्याए । यसअघि मोर्चाको बैठकले रुपन्देही ३ उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेवार बनाउने निर्णय गरेको थियो । यद्यपि निर्चाचनको विषयलाई लिएर मोर्चामा रहन नसक्ने आशय दिए पनि जनमतले संविधान संशोधनको विषयमा सहकार्य गर्न सकिने भने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण