पुटिन र ट्रम्पका विशेष दूतबिच तीन घण्टा लामो वार्ता
काठमाडाैँ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकोफबिच भएको वार्तालाई क्रेमलिनले ‘रचनात्मक’ भनेको छ। युक्रेन युद्ध अन्त्यका लागि ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा दुई देशका उच्च अधिकारीबिच तीन घण्टा लामो बैठक सम्पन्न भएको हो।
रुसी विदेश नीति सल्लाहकार युरी उशाकोभका अनुसार, उक्त वार्तामा पुटिनले अमेरिकी पक्षलाई ‘युक्रेनी प्रश्न’ सम्बन्धी सन्देश दिएका थिए र अमेरिकाबाट पनि जवाफमा संकेतहरू प्राप्त भएको बताए। थप विवरण ट्रम्पलाई रिपोर्ट गरेपछि मात्रै सार्वजनिक गरिने उनले जानकारी दिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले रुसले युद्ध अन्त्यको दिशामा स्पष्ट कदम नचाले गम्भीर प्रतिबन्ध र रुसी व्यापारमा संलग्न देशहरूमाथि दोस्रो तहको प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। बैठकपछि अमेरिका वा युक्रेन दुवैबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
बैठकअघि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले पैसा सकिन थालेपछि मात्र शान्तिको दिशामा गम्भीर कदम चाल्ने संकेत दिएको भन्दै ट्रम्प प्रशासनले प्रस्ताव गरेका कडा प्रतिबन्ध र भन्सार शुल्क स्वागतयोग्य भएको बताएका थिए।
रुसी मिडियामा सार्वजनिक तस्बिरहरूमा पुटिन र विटकोफलाई सुनले सजिएको हलमा हँसिलो मुद्रामा हात मिलाउँदै देखिएको छ। यद्यपि, शुक्रवारसम्म कुनै ठोस सहमति हुने अपेक्षा कम छ। रुसले ट्रम्पका चेतावनी बाबजुद युक्रेनमाथि हवाई आक्रमण जारी राखेको छ।
सत्ता सम्हाल्नु पूर्व ट्रम्पले यो युद्ध एकै दिनमै अन्त्य गरिदिने दाबी गरेका थिए। तर सफल हुन नसकेपछि उनी पछिल्ला दिनमा रुसप्रति कठोर धारणा व्यक्त गर्न थालेका छन्। यसअघि इस्तानबुलमा भएका तीन चरणका वार्ताहरू पनि निष्कर्षविहीन रहँदै तीन वर्षभन्दा बढी भइसकेको युद्ध अन्त्यको दिशामा ठोस प्रगति हुन सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण