मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
सारांश
- मकवानपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।
- मनहरी गाउँपालिका-६ मा खेतमा जंगली जनावरबाट बाली जोगाउन थापेको करेन्ट लागेर मोक्तानको मृत्यु भयो।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
भीमफेदी । मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ जोगिताल पुछार टोलमा आज करेन्ट लागेर एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज बिहान करिब ९ बजेक जोगितालस्थित आफ्नै खेतमा बाली जङ्गली जनावरबाट जोगाउन बनाइएको करेन्टयुक्त तारमा छोइएपछि लालबहादुर मोक्तानको घटनास्थलमै ज्यान गएको हो ।
चितवन जिल्ला राप्ती नगरपालिका–१ बसोबास गर्दै आएका करिब ३५ वर्षीय मोक्तानले मनहरी गाउँपालिका–६ स्थित आफ्नै खेतमा जङ्गली जनावरबाट बाली जोगाउनका लागि नाङ्गो विद्युत् तारमा हुक जोडेर करेन्ट प्रवाह गराएका थिए ।
खेतको निगरानीका लागि गएका उनी ती तारमा छोइएर मृत्यु भएको प्रहरी चौकी सुनाचुरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण