‘बलिदान’को अर्पण, ऋचा, हेमन्त र सन्तोषको क्यारेक्टर लुक्स सार्वजनिक
सारांश
- दसैँको फूलपातीदेखि प्रदर्शनमा आउने फिल्म 'बलिदान'ले मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ।
- फिल्ममा अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनको फरक-फरक भूमिका रहेको छ।
- निर्देशक सन्तोष सेनले फिल्मका केही विशेष पात्रहरूको कथा प्रस्तुत गर्न लुक्स सार्वजनिक गरेका हुन्।
काठमाडौँ । दसैँको फूलपातीदेखि प्रदर्शनमा आउने फिल्म ‘बलिदान’ले ४ मुख्य कलाकार अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । फिल्मको कथा तथा पात्र बुझाउन यो लुक्स सार्वजनिक गरिएको हो । फिल्मका निर्देशक सन्तोष सेन हुन् ।
क्यारेक्टर लुक्समा सबै पात्र फरक फरक देखिएका छन् । फिल्मको मुख्य दुई कलाकार समीर भट्ट र कविता रायको क्यारेक्टर पोस्टर केही अगाडि सार्वजनिक भएको थियो ।
पोस्टरमा ऋचा पछ्यौरा ओढेर रिसाहा भावमा देखिएकी छन् । सन्तोषको गेटअप भने डरलाग्दो छ । मानव कङ्काल (खोपडी)लाई टाउकोमा बाँधेका उनले नाकमा बुलाकी जस्तो गहना लगाएका छन् । निधारमा कालो टीका लगाएका उनको आँखामा रिसको आवेगमा देखिन्छ । पोस्टरमा सन्तोषको चित्रणले फिल्ममा उनको चरित्र प्रभावशाली रहेको संकेत गर्छ ।
त्यस्तै, पोस्टरमा अर्पण शान्त भावमा प्रस्तुत छन् । आँखामा चस्मा लगाएका उनको पहिरन शैली सम्भ्रान्त व्यक्तिको जस्तो छ । अर्का कलाकार हेमन्त बुढाथोकीको लुक्सले भने साउथ फिल्म ‘बाहुबली’का कटप्पा पात्रको झल्को दिन्छ । लामो दाह्रीमा प्रस्तुत भएका हेमन्तलाई भयभीत मुद्रामा देख्न सकिन्छ । चारवटै पोस्टरको पृष्ठभूमिमा भने आगोले निम्त्याएको विनाशको दृश्य छ ।
निर्देशक सेनका अनुसार टिजर सार्वजनिक हुनुअघि फिल्मका केही विशेष पात्रहरूमध्ये कथामा गहिरो प्रभाव छोड्ने चार अनुहारलाई दर्शकसामु प्रस्तुत गरिएको हो । पोस्टर सार्वजनिक गर्दै उनले भनेका छन्, ‘यी तस्बिरहरू केवल पोस्टर होइनन्, यी पात्रहरू ती पात्रहरू हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन् ।’
यसअघि फिल्मका दुई अभिनेता सौगात मल्ल र समीर भट्टसहित अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ ।
आसुसेन फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्मातामा प्रेम पुरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण